भर्खरै : Sorry, your browser does not support inline SVG.
बेलायतको आर्थिक वृद्धिदर एक प्रतिशतले मात्र बढ्ने अनुमान | नयाँ सहमतिमा आउन गणतन्त्रवादीहरुलाई राजावालीहरुले एक हप्ताको अल्टिमेटम | यौनजन्य हिंसाबारे नजिकको प्रहरी कार्यालयमा उजुरी दिन नेपाल प्रहरीको सबैलाई आग्रह | भक्तपुरको प्रसिद्ध बिस्का जात्रा सभ्य, भव्य र शान्तिपूर्ण सञ्चालन गर्न सरोकारवालाहरुसँग बैठक | उत्तरी गोरखास्थित मनास्लु पदयात्रामा पथप्रदर्शकको मृत्यु | विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको विवाद, वर्खास्त र नवनियुक्त दुबै निर्देशक पुगे अदालत | कम्पनीले सबै कर्मचारीहरूको सेवा सुविधामा एकरूपता ल्याउने | सहज रूपमा काम गर्ने वातावरण बनाउन आयोगसंग किसानको माग |

मध्यपूर्वका देशहरुमा ठूलो युद्धको सम्भावना बढ्यो

मध्यपूर्वका देशहरुमा ठूलो युद्धको सम्भावना बढ्यो image

एजेन्सी । इजरायल माथि इरानले आक्रमण शुरु गरेको छ । इरानले प्रहार गरेको ड्रोन प्रतिरक्षा प्रणालीले नष्ट गर्दा विष्फोट भएको बीबीसीले जनाएको छ । स्थानीय समयअनुसार रातको पौने २ बजे राजधानी जेरुसेलम शहरका प्रतिरक्षा प्रणाली सक्रिय भएका र ठूलो विस्फोट हुँदा शहरभरी उज्यालो देखिएको बीबीसीले जनाएको छ ।

इरानले इजरायलतर्फ प्रहार गरेका केही ड्रोन अमेरिकी सेनाले रोकिदिएको सीबीएस न्यूजले जनाएको छ । इजरायल–हमास युद्धको बेला इरान–इजरायल प्रत्यक्ष टकराव नभएपनि दमास्कस घटनापछि दुई देशबीच समस्या बढेको हो । इजरायली प्रधानमन्त्री वेन्जामिन नेतान्याहूले अहिले आफुहरु प्रतिरक्षामा रहेको र प्रत्याक्रमणबारेमा चाँडै निर्णय गर्ने बताएका छन् ।

इरानले इजरायलमा आक्रमण शुरु गरेसँगै मध्यपूर्वका देशहरुमा ठूलो युद्धको सम्भावना बढेको छ । यसअघि इजरायल–हमास युद्धका क्रममा मध्यपूर्वमा युद्ध भड्किनबाट जोगिएको भए पनि इरानसँगको युद्ध फरक हुने अन्तर्राष्ट्रिय सुरक्षा विश्लेषकहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यही अप्रिल एक तारिखमा इजरायलले सिरियाको दमास्कसमा रहेको इरानी दूतावासनजिकै हवाई आक्रमण गर्दा इरानका दुई जना शीर्ष सेना कमान्डरसहित १३ जनाको ज्यान गएको थियो । यो घटनापछि रिसाएको इरानले इजरायलमाथी आक्रमण शुरु गरेको बीबीसीले जनाएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda