भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

माघ १ गते भक्तपुरमा सम्यक दान पर्व, २ हजारबढी भिक्षुलाई महादान गरिने

माघ १ गते भक्तपुरमा सम्यक दान पर्व, २ हजारबढी भिक्षुलाई महादान गरिने

भक्तपुर । ३५० वर्ष पुरानो सम्यक दान पर्व यही माघ १ गते भक्तपुरमा हुनलागेको छ । जहाँ २ हजार भिक्षुलाई महादान गरिने वौद्ध धर्मावलम्बीहरुले बताएका छन् । नेपाल सम्बत ७८७ साल भन्दा अघिबाट हरेक वर्ष माघ १ गते मनाउदै आएको महादान ‘सम्यक दान पर्व’ तयारी पुरा भएको सम्यक महादान व्यवस्थापन सहयोग समितिले जनाएको छ ।

पत्रकार सम्मेलन आयोजना गरी समितिका अध्यक्ष गणेश बज्राचार्यले भक्तपुर नगरपालिका–१ स्थित जयकीर्ति महाविहार परिसर भुइख्यमा बौद्ध परम्परा अनुसारको सम्यक महादान पर्व गरिन लागेको जानकारी दिएको हो । पाँच दिपकंर बुद्धका मुर्तिहरुलाई स्थानिय थथुवहिमा विराजमान गराई बुद्ध ज्ञान प्राप्त शाक्य र बज्राचार्यका सम्पूर्ण भिक्षुहरुलाई प्रसाद, चामललगायत बिभिन्न परिकारहरु दान दिने र पाँच दिपंकरको परिक्रमा गराई पूजा समेत दिएर मनाइने छ ।

जयकीर्ति महाविहार अत्यन्तै जिर्ण अवस्थामा रहेको हुँदा जयरत्न बज्राचार्यबाटै नेपाल सम्बत ७९४ मा उक्त विहारको जिर्णोद्वार गरी सोही वर्ष राजा जय जितामित्र मल्लको उपस्थितिमा सम्यक महादान भव्य रुपमा सम्पन्न गरेको इतिहास उल्लेख छ । सम्यक दानमा परम्परागत रुपमा स्थापना भएका बौद्ध विहारहरुमा दिक्षित भई गृहस्थ बौद्ध भिक्षुहरु शाक्य र बज्राचार्य बन्दहरुलाई भोजन, अन्न दक्षिणा दिईने प्रचलन रहेको समितिका सल्लाहकार सप्तचन्द्र बज्राचार्यले जानकारी दिए ।

सम्यक दान पर्व मनाउने पालो सप्तचन्द्र बज्राचार्यलगायतको परिवकारको रहेकाले जयकीर्ति महाविहारमा एकसाता अघिदेखि नै बसोबास गरी पर्वको लागि आवश्इक पर्ने विशेष प्रकारको पुरी, लड्डू लगायतका अन्य सामग्रीहरुको व्यबस्थापन गर्न व्यस्त रहेको समितिका राजुमन बज्राचार्यले बताए । यसवर्ष पर्व अबलोकन गर्ने लगायत सम्यक दान लिने बौद्ध धर्मावलम्बिहरु अघिल्लो वर्षहरुमा भन्दा बढि हुने अनुमान गर्दै सोही अनुरुप तयारी भइरहेको उनले बताए ।

सम्यक महादानका क्रममा जयकीर्ति महाविहार परिसर भुइख्यमा चतुब्र्रम्ह महाविहार संघका कुल देवता हेबज नैरात्मालाई सबभन्दा पहिले भोजन दान दिने परम्परा छ । त्यसपछि लहरै मूल दिपंकर, बाहाछे दिपंकर, भौरबही दिपंकर, ययुबही दिपंकर र कुथुबहि दिपंकरलाई भोजन चढाउने गरिन्छ ।

यसैगरि क्रमवद्ध रुपमा विराजमान गराईएका चार वटा सम्यक द्यो ९सुवर्ण दिपंकरको मूर्ति०, सुवर्ण चैत्य, स्थवीर आजु, मुल गुरुजु, गुरुजूहरु र लामबद्ध भएर बसेका सयौं बज्राचार्य, बुद्धाचार्य र शाक्य परिवारका सदस्यहरुलाई सम्यक दान दिने परम्परा रहदै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.