भर्खरै : Sorry, your browser does not support inline SVG.
स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न |

आर्थिक संवद्धिका लागि भक्तपुर चेम्बर अफ कमर्सले नीतिगत सुधारमा जोड दिने

आर्थिक संवद्धिका लागि भक्तपुर चेम्बर अफ कमर्सले नीतिगत सुधारमा जोड दिने

भक्तपुर । भक्तपुर चेम्बर अफ कमर्सको ७ औं वार्षिक साधारण सभा भव्यरुपमा सम्पन्न भएको छ । आर्थिक समृद्धिका लागि नीतिगत सुधारमा जोड दिदै सरकारलाई खबरदारी गर्ने भएको हो । निजी क्षेत्र सहितको सहभागितामा सरकारले उच्चस्तरीय आर्थिक आयोग गठन गरिनु प्रशंसनिय कार्य भएको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बताए । प्रमुख आतिथिसमेत रहेका अग्रवालले उद्यारो असुली ऐन कार्यान्वनको शिघ्र प्रतिक्षा रहेको जिकिर गरे ।

सो अवसरमा विशिष्ट अतिथि नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले मौलिक हस्तकलाका उत्पादनहरुलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्न चेम्बरले विशेष भूमिका खेल्नु पर्ने बताए । सार्वजनिक निजी साझेदारीको माध्यमबाट निर्यातमा बल पुग्ने उद्योगहरु स्थापना गर्नु पर्ने उनको जिकिर छ । मुलुकको विषम परिस्थितिहरुमा उद्यमी व्यवसायीलाई हतोत्साही हुन नदिई व्यवसाय टिकाईराख्न व्यवसायिक संघसंस्थाहरुले खेल्दै आएको भूमिका प्रशंसनिय रहेको जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताए ।

आर्थिक क्षेत्रका समस्याहरु आपसी सम्वाद र सहकार्यबाट समाधान गर्न सकिने भन्दै उनले व्यवसायीका मर्का आफुलाई राम्रोसंग थाह भएको बताए । समारोहमा भक्तपुर चेम्बर अफ कमर्सका सल्लाहकार एवं नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य रोशन भोयद्योले नेपाल भरिका चेम्बरहरुमा भक्तपुर चेम्बर अफ कमर्सले उत्कृष्ट गतिविधि सञ्चालन गर्दै आएको दावी गरे ।

नेपाल जग्गा तथा आवास विकास महासंघसमेत उनी महासचिव पदमा निर्वाचित भएकोमा सम्मान गरिएको थियो । कार्यक्रममा अध्यक्ष कविदास श्रेष्ठले नीजि क्षेत्रका समस्या राज्यले समाधानमा विशेष जोड दिनु पर्ने धारणा राखे । संस्थाका उपाध्यक्ष जगत बहादुर श्रेष्ठले उक्त साधारण सभामा धन्यवाद ज्ञापन गरेका थिए । यसै गरी बन्द सत्रमा संस्थाका महासचिव ज्ञानेन्द्र मानन्धरले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष सुरेन्द्र जाकिबन्जारले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.