भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पहुँचकै आधारमा सरुवा

पहुँचकै आधारमा सरुवा

काठमाडौं । बाराको सिम्रौनगढ नगरपालिकामा रञ्जित अधिकारी प्रमुख प्रशासकीय अधिकृतका रुपमा हाजिर हुन पुग्दा भएको झडपमा एक जनाको ज्यान गएको छ । मेयर किशोरी साह कलवारले उपराष्ट्रपति रामसहायप्रसाद यादवसम्म भनसुन गराएर उपराष्ट्रपति कार्यालयमा रहेका अधिकारीलाई नगरपालिकामा लगेका थिए ।

तर, तलब नपाएको भन्दै आन्दोलनरत शिक्षक–कर्मचारीहरुले रोक्न खोज्दा भएको झडपमा प्रहरीको गोली लागेर स्थानीय २५ वर्षीय लक्ष्मी मुखिया बिनको मृत्यु भएको हो । कसलाई प्रमुख प्रशासकीय अधिकृत बनाउने भन्ने सन्दर्भमा दलका स्थानीय नेताहरुको आ–आफ्नै अस्वाभाविक चासोले लामो समयदेखि समस्यामा थियो ।

प्रमुख प्रशासकीय अधिकृत सरुवालाई लिएर धादिङको गल्छी गाउँपालिकाभित्र पनि चर्को विवाद छ । उपाध्यक्ष भाइकाजी तिवारीसहित कांग्रेस नेताहरु एमालेबाट निर्वाचित अध्यक्ष केदारनाथ खतिवडाले आफूलाई सहज हुने गरी प्रमुख प्रशासकीय अधिकृत लगेको भन्दै काठमाडौंमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयदेखि नेताको ढोका–ढोकासम्म पुगे ।

मन्त्रालयले लक्ष्मण तिवारीलाई सरुवा गरेर नेत्रमणि न्यौपानेलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकेको थियो । तर, अध्यक्ष खतिवडाले यसअघि पनि गल्छीमा काम गरिसकेका न्यौपानेलाई हाजिर नगराउने अडान लिएपछि नरबहादुर विश्वकर्मालाई खटाइएको छ ।

२० मंसिरमा विश्वकर्मा हाजिर त भए तर २६ मंसिरसम्म गाउँपालिकामा असन्तुष्ट पक्षले तालाबन्दी गरिरह्यो । अझै पनि उपाध्यक्ष तिवारीले भनसुन गरेर पुरानै प्रमुख प्रशासकीय अधिकृतलाई फर्काउन जोडबल लगाइरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.