भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अबदेखि तीन दिन संसद्, तीन दिन समिति बैठक

अबदेखि तीन दिन संसद्, तीन दिन समिति बैठक

काठमाडौं । संसद्को आउँदो हिउँदो अधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउन सातामा तीन दिन संसद् बैठक र तीन दिन संसदीय समितिका बैठक बस्ने गरी कार्यतालिका तयार गरिएको छ ।

संसद् सचिवालयले बनाएको तीन महिने सो प्रस्तावमाथि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकबीच शुक्रबार छलफल भएको हो ।

पहिलो चरणमा यही माघ २२ गतेदेखि १५ दिनसम्मका लागि कार्यान्वयन हुने गरी समर्थन गरिएको बैठकमा सहभागी एमालेका सचेतक महेश बर्तौलाले बताए ।

सरकारले कस्ता विधेयक पेस गर्ने पूर्व निर्धारण गर्नेगरी सहयोग गर्नुपर्ने विषयमा बैठकमा छलफल भएको उनको भनाइ छ । हरेक महिनाको अन्तिम साता संसद्का बैठक आयोजना नगरी सांसदलाई आफ्ना क्षेत्र र जनताका बीचमा जानका लागि समय दिने विषयमा पनि छलफल भएको हो ।

सिंहदबारस्थित संसद् सचिवालयमा भएको छलफलमा सभामुख घिमिरेले यही माघ २२ गतेदेखि हुने अधिवेशनलाई कसरी व्यवस्थित र प्रभावकारी बनाउने भन्ने विषयमा सरकार र राजनीतिक दल गम्भीर भई संसद् सचिवालयलाई सघाउन आग्रह गरेका थिए ।

छलफलमा उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखक, एमालेका प्रमुख सचेतक पदम गिरी, नेकपा माओवादी केन्द्र मुख्य सचेतक हितराज पाण्डेलगायत सहभागी थिए ।

 


Thali Mobile Pvt.Ltd.