भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

सूर्यविनायकका विद्यार्थीले गरे पशुपालन फर्ममा अध्ययन अवलोकन भ्रमण

सूर्यविनायकका विद्यार्थीले गरे पशुपालन फर्ममा अध्ययन अवलोकन भ्रमण

भक्तपुर । पर्यटकीय नगरीका रुपमा रहेको ललितपुर जिल्लाको कोन्ज्योसोम गाउँपालिका पशुपालनका लागि उत्तम मानिन्छ । यहाँका किसानहरुले गाई र भैसीको दूध लागि नमुना पहिचान बनाएका छन् । जहाँ प्रत्यक घरमा भैसी र गाईका फर्महरु रहेका छन् । पछिल्लो समय यो ठाउँमा आन्तरिक पर्यटकहरुको लर्को नै लाग्ने गरेकाे देखिन्छ ।

आन्तरिक पर्यटकहरु मात्र होइन, विभिन्न ठाउँका विद्यार्थीहरुसमेत हुल बनाएर यहाँ अध्ययन, अवलाेकन भ्रमण गर्न थालेका छन् । यसै शिलशीलामा भक्तपुर जिल्लाकाे सूर्यविनायक नगरपालिका स्थित ९ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुले अध्ययन अवलोकन भ्रमण गरेका छन् । शुक्रबार सूर्यविनायक नगरपालिका पशुपंक्षी विकास शाखाको पहलमा पहिलो पटक यहाँका विद्यार्थीहरुले अवलाेकन भ्रमण गर्न पाएका हुन ।

पशुपालनको प्रख्यात ठाउँ कोन्ज्योसोम गाउँपालिका वडा नं. २ शंखुका किसानहरुको पशुपालन फर्ममा पुगेर विद्यार्थीहरुले अध्ययन अवलाेकन गरेका हुन । पाक शिक्षा अर्थात पढ्दै कमाउँदै गरेकाे अवस्थालाई अझ व्यवहारिक र सहज बनाउँन भ्रमण गरेकाे विद्यार्थीले बताएका छन् । उनीहरुको साथमा जनप्रतिनिधि र कर्मचारीहरुपनि सहभागि भएका थिए ।

कृषि क्षेत्रमा रुची भएका किसानहरु त यहाँ पुग्ने नै गर्दथ्ये तर पछिल्लो समय किसान र विभिन्न विद्यालयका शिक्षक,  विद्यार्थीहरु पनि समुह बनाएर यहाँ भ्रमण जाने गरको स्थानीय बताउँछन्  । यहाँका फर्ममा विभिन्न जातका गाई तथा भैसीहरु पालिएका छन् । अधिक दूध दिने गाई र भैसी पालिएकाले यसको दूध बढी पोषिलो हुने उपाेभाेक्ता बताउँछन् ।

भ्रमणमा कुलमाया भगवती मावि, शान्ति निकेतन मावि, गणेश मावि, अरनिको मावि, महेन्द्र शान्ति मावि, भुवनेश्वरी मावि, सिरुटार मावि, ज्योती मावि र सरस्वती माविका शिक्षक दिवश कंडेल,  अनिता बोलाखेसहित छात्र-छात्राहरू सहभागि थिए । साथै नगरपालिकाका आर्थिक विकास समिति संयाेजक पुष्पराज बस्नेत, सदस्य सरला विश्वकर्मा, रन्जिता तिखत्री, हिरालक्ष्मी कोजु, पशुपंक्षि विकास शाखा प्रमुख डा. मृनल शाक्य, प्राविधिक प्रविण अधिकारी, कर्मचारी सुशान्त ढुङगेल तथा पत्रकारको सहभागिता रहेको थियो ।

तस्वीरमा….

 

 


Thali Mobile Pvt.Ltd.