भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

राष्ट्रिय सभा निर्वाचनका लागि कर्णालीमा ६ जना उम्मेदवार

राष्ट्रिय सभा निर्वाचनका लागि कर्णालीमा ६ जना उम्मेदवार

काठमाडौं । आगामी ११ माघमा हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि कर्णालीबाट ६ जनाले उम्मेदवारी दिएका छन् । गठबन्धनका तर्फबाट नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (कीकृत समाजवादी) बीच राष्ट्रिय सभाका ३ सिटमा १÷१ सिट लिने गरी भागबण्डा भएको छ ।

तीन दलिय गठवन्धनबाट उम्मेदवार बनेका काँग्रेसबाट रुकुमका कृष्णबहादुर रोकाया, समाजवादीबाट दैलेखकी सावित्री मल्ल, माओवादीबाट कालीकोटका विष्णु बिकले मनोनयन दर्ता गराएका हुन । महिलाततर्फ मल्ल, दलिततर्फ विक र अन्यतर्फ रोकाया उम्मेदवार छन् ।

यसैबीच नेकपा एमालेले पनि उम्मेदवारको मनोनयन दर्ता गराएको छ । एमालेबाट राष्ट्रिय सभा सदस्यका लागि हुम्लाबाट विमलाकुमारी शाही, दैलेखबाट हिक्मत बिक र मुगुबाट डिल्लीप्रसाद भट्टले मनोनयन दर्ता गराएका छन् ।

कर्णालीमा कुल मतदाता संख्या १ सय ९६ रहेको छ भने कुल मतभार ५ हजार ८४ रहेको छ । जसमा प्रदेश सभा सदस्यहरुको २ हजार १ सय २० र स्थानिय तहका जनप्रतिनिधिको २ हजार ९ सय ६४ रहेको छ । जसमा नेकपा एमालेको १ हजार १ सय मतभार रहेको छ भने गठबन्धन दलको ३ हजार ९ सय ८४ रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.