भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली प्रदेश सभामा विपक्षीको अवरोध, बैठक स्थगित | पेट्रोलियम पदार्थमा कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न राष्ट्रियसभामा माग | पाकिस्तानमा मनसुनी विपद् : वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते | सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित | अविरल वर्षाले कैलाली-कञ्चनपुर जलमग्न, जनजीवन प्रभावित | कर्णाली राजमार्गमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्य यात्रुको खोजी जारी | राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने | थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर |

कर्मचारी सरुवामै ठूलो गलफती, तीन दर्जन सहसचिवको सरुवा

कर्मचारी सरुवामै ठूलो गलफती, तीन दर्जन सहसचिवको सरुवा

काठमाडौं । कर्मचारी सरुवामै ठूलो गलफती भएको पाइएको छ । सरुवा हुने सहसचिवको संख्या तीन दर्जन पुगेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अबेरसम्म बसेर संघ, प्रदेश तथा स्थानीय तहमा सरुवा हुने सहसचिवहरूको सूची टुङ्गो लगाएको हो ।

मन्त्री अनिता देवी साहको कार्यकक्षमै बसेर सचिव तथा प्रशासन महाशाखा प्रमुखलगायतको टिमले एक चरण टुङ्ग्याएको छ । बिहीबारसम्मको संख्या कलेक्सन गर्दा तीन दर्जन पुगेको छ ।

टुङ्ग्याइएका मध्य धेरै संघमा नै रहेको कैलाश खबर सिंहदरवार विशेष ब्युरोलाई प्राप्त भएको छ ।

दुई दर्जन बढी सहसचिवको सरुवा तयारी
विवरण अनुसार आधा दर्जन जति संघीय मन्त्रालयका सहसचिवहरू संघीय मन्त्रालयतिर मिलान गरिएको छ । बाँकी प्रदेश र स्थानीयमा रहेका छन् ।

जसमध्ये सबैभन्दा धेरै प्रदेश जाने र प्रदेशबाट संघमा आउनेको सूची तयार भएको स्रोतले जनाएको छ । सूचीमा समावेश नामावलीमध्ये दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी गृहबाट बाहिरिदैछन् भने संघीय मन्त्रालयका दुई सहसचिव गृह प्रवेश गर्दैछन् ।

कर्णाली प्रदेशबाट एक सहसचिव संघीय आयोगमा आउँदैछन् । प्राविधिकतर्फ प्रदेशबाट संघमा आउनेहरूको हकमा विवाद नभए पनि प्रदेशतिर पठाउनेहरूको हकमा नामावलीहरू फेरबदल गर्न दवाव देखिन्छ ।

संघीय मन्त्रालयकै हकमा प्रधानमन्त्रीको कार्यालय तथा मुख्यसचिवबाट नामावली थपघट तथा परिवर्तन हुने सम्भावना रहेको छ । मन्त्रीसमेतबाट राखेर सूची तयार गरे पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएपछि केही थपघट हुन सक्नेछन् ।

यही सूची नै सदर भएको अवस्थामा अब बस्ने मन्त्रिपरिषद् बैठकबाट सरुवा निर्णय हुने छ तर मुख्यसचिवले सूची हेरफेर गरेर ल्याउन लगाएको अवस्थामा थप केही लाग्न सक्ने छ । पछिल्लो समय कर्मचारीको सरुवामै सबैभन्दा ठूलो गलफती चल्ने गरेको छ ।

यतिसम्मकी मन्त्रालयले नै आफ्नो अगाडीको नाम संघीय मामिला बिर्सेर सरुवा मन्त्रालयका रूपमा मात्रै ठान्दा ९० प्रतिशत जति काम सरुवामै केन्द्रित रहेको एक सहसचिवले बताए । मन्त्री र सचिवको ९० प्रतिशत जति दिमाग सरुवामा केन्द्रित देखिने गरेको उनको दावी छ ।

ती सहसचिव भन्छन् ‘१० प्रतिशतमा सीमित हुनुपर्ने सरुवा ९० मा गएपछि संघीय मामिला भन्ने नामै गुमनाम जस्तो भएको छ । सरुवा व्यवस्थापन सामान्यकै जिम्मामा भएको र आवश्यकता अनुसार जतिबेला पनि मिलान गर्नु स्वाभाविकै भए पनि

पछिल्ला दिनहरूमा बिग्रेकोलाई मिलाउने भन्दा मिलिरहेकोलाई बिगार्नेतिर मन्त्रालय उद्यत देखिन्छ । स्थानीय तहहरू मन्त्रालयको यो हर्कतबाट आजित भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.