भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

नेपालीलाई सीमामा सास्ती

नेपालीलाई सीमामा सास्ती

कैलाली । गौरीफन्टा नाकामा चेकजाँचका नाममा भारतीय सुरक्षाकर्मीबाट सुरु हुने अनावश्यक सास्तीलाई आफ्नै भूमिमा नेपाली सुरक्षाकर्मीले पनि निरन्तरता दिएको स्थानीयले बताएका छन् । अझ अटोरिक्सा चालकहरूले थप हैरानी खेपेका छन् ।

दशैंमा घर फर्किएका धेरै नेपाली सीमामा खेपीरहेको बताउँछन् । सामान्य समयमा गौरीफन्टा नाकाबाट धनगढी चौराहसम्म यात्रा गरेको भाडा ३० रूपैयाँ लिने गरिएको छ तर भारतबाट फर्किनेहरूबाट अटो रिक्सा चालकहरूले दुई सय भारतीय रूपैयाँदेखि एक हजारसम्म लिइरहेको छन् ।

उनीहरूले लाहुरेसँग सामानको समेत जोडेर महंगो भाडा असुल्ने गरेका छन् । कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले सीमा क्षेत्रमा भारतबाट फर्किने कुनै पनि नेपालीले दुःख नपाओस् भनेर सुरक्षा व्यवस्था मजबुत बनाइएको दाबी गर्छन् ।

 


Thali Mobile Pvt.Ltd.