भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

तीन वर्षभित्र सक्ने पक्की पुल निर्माणको ८ वर्ष वित्दा ठडिए तीन वटा पिलर, स्थानीयलाई सास्ती मात्र

तीन वर्षभित्र सक्ने पक्की पुल निर्माणको ८ वर्ष वित्दा ठडिए तीन वटा पिलर, स्थानीयलाई सास्ती मात्र

कञ्चनपुर । लालझाडी गाउँपालिका–४ दोदा नदीमा पक्की पुल निर्माण थालिएको ८ वर्ष पुग्यो । यो अवधिमा पुलका तीन वटा पिलर मात्रै ठडिएका छन् ।

तीन वर्षभित्र सक्नेगरी लुम्बिनी राजेन्द्र कुमार श्रेष्ठ जेभी कम्पनीसँग २०७२ पुस २६ गते पक्की पुल निर्माणको सम्झौता भएको थियो । पटक–पटक म्याद थप हुँदा पनि अहिलेसम्म पुल निर्माणले गति लिन सकेको छैन ।

मापदण्ड विपरित तीनवटा पिलर निर्माण गरिएको पाइएपछि पुलको डिजाइन नै फेरिएको छ । निर्माण कम्पनीलाई बारम्बार ताकेता गर्दैआएपनि सुनुवाइ नभएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर तारानाथ सिग्देलले बताए ।

२०७८ साउनमा पुलको नयाँ डिजाइन तयार गरिएको थियो ।विभिन्न बहाना बनाएर निर्माण कम्पनीले काम अघि नबढाएको इन्जिनियर सिग्देलको आरोप छ । पक्की पुलको लागत रु २४ करोड ५२ लाख रहेको छ । रु १२ करोड भुक्तानी भइसकेको छ । पुल निर्माणले गति नलिँदा स्थानीय निराश बनेका छन् ।

पुल निर्माण नहुँदा लालझाडी गाउँपालिका ओहोरदोहोर गर्न स्थानीयले सास्ती खेपिरहेका छन् । स्थानीयले शुल्क तिरेर काठको अस्थायी पुल प्रयोग गर्दैआएका छन् । काठको पुल प्रयोग गरेबापत साइकलको रु १० र मोटरसाइकलको रु २० शुल्क तिर्ने गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.