भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

काठमाडौंमा सुर्तीजन्य पदार्थको बिक्री वितरणमा पूर्ण रोक, अवज्ञा गरे हदैसम्मको कारबाही

काठमाडौंमा सुर्तीजन्य पदार्थको बिक्री वितरणमा पूर्ण रोक, अवज्ञा गरे हदैसम्मको कारबाही

काठमाडौं । आजदेखि काठमाडौँ महानगरपालिकाले सुर्तीजन्य पदार्थहरूको बिक्री वितरणमा रोक लगाएको छ ।

महानगरले १५ दिने सूचना प्रकाशित गर्दै प्लास्टिकमा प्याकेजिङ्ग गरिएका खैनी, गुट्खा, पान पराग वा यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने वा सेवन गर्ने सुर्तीजन्य पदार्थहरूको बिक्री वितरणमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको घोषणा गरेको थियो ।

महानगरको सो घोषणा आजबाट लागू भएको हो । सुर्ती सेवनको निमित्त बनाइएको वा उत्पादन गरिएको चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पान पराग वा यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने सुर्तीजन्य पदार्थको सेवन मानव स्वास्थ्यको लागि अत्यन्त हानिकारक भएको बताएको छ

सूचनालाई अवज्ञा गरी बिक्री वितरण गरेको पाइए महानगर प्रहरी मार्फत जफत गरी बिक्री वितरण गर्ने व्यवसायीलाई कानुन अनुसार अधिकतम सजाय गरिने चेतावनी महानगरले दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.