भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

सत्तापक्षका सांसद अनुपस्थित भएपछि मधेस प्रदेशसभा बैठक स्थगित

सत्तापक्षका सांसद अनुपस्थित भएपछि मधेस प्रदेशसभा बैठक स्थगित

काठमाडाैं, १७ मंसिर । मधेस प्रदेशसभाको निर्धारित समय बिहान ८ : ३० मा सुरु हुने बैठक सत्तापक्षका सांसद अनुपस्थित भएपछि स्थगित गरिएको छ । बैठकमा आवश्यक संख्या नपुगेपछि सभामुखले बैठकलाई दिउँसो २ बजेसम्मका लागि सारिएको घोषणा गरेका छन् ।

मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता रहेकाले आजै प्रदेशसभा बैठक बोलाइएको थियो । सर्वोच्च अदालतले सोमबार साँझ मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो । अदालतको आदेशअनुसार विश्वासको मत लिने तयारी भइरहेको बेला सत्तापक्षकै सांसद अनुपस्थित हुँदा बैठक अघि बढ्न नसकेको हो ।

विश्वासको मतप्रक्रिया अनिश्चित बन्दा प्रदेश सरकारको राजनीतिक स्थिरता पुनः प्रश्नमा परिरहेको छ । प्रदेशसभामा प्रदान गरिने विश्वासको मतले सरकारलाई निरन्तरता दिने वा नयाँ सत्ता समीकरणतर्फ मार्ग खोल्ने अपेक्षा गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.