भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

लेकका गोठ बेंसीतर्फ झार्न शुरू

लेकका गोठ बेंसीतर्फ झार्न शुरू

गोरखा, मंसिर १८ । लेकका गोठ उधो अर्थात् बेंसीतर्फ झार्न शुरू भएको छ । धान्यपूर्णिमालाई उधौली पर्वका रुपमा पनि मनाइन्छ । यसको सम्बन्ध गोठ तलतिर झार्नुसँग पनि छ ।

उधौली पर्वको केही हप्ता अघिदेखि केही हप्तापछिसम्म भेडा तथा चौँरीगोठ बेंसीतर्फ झार्ने चलन छ । गोरखामा सबैभन्दा बढी भेडापालन हुने चुमनुब्री गाउँपालिका वडा नम्बर ३ का २५ हजार भेडाबाख्रा बेंसी झारिसकेको वडासदस्य विकास गुरुङले जानकारी दिनुभयो ।

चुमनुब्रीबाट भेडालाई गोरखा, धादिङ, लमजुङका बेंसीतिर लैजान थालिएको स्थानीय स्वास्थ्यकर्मी लक्ष्मण कार्कीले बताउनुभयो । हिजो र आज भेडाका लस्कर तलतिर गइरहेको देखिएको उहाँले बताउनुभयो ।

गोठालाहरू कुकुरसहित टोली बनाएर हिँड्छन् । बाटोबाटो भेडा बेच्दै गुजारा चलाउँदै वैशाख लागेपछि बाँकी रहेका भेडाको बथान लिएर लेकतर्फ फर्कने चलन छ ।

गोरखा सहित सबैजसो हिमाली तथा उच्च पहाडी क्षेत्रमा मंसिरको उधौलीमा गोठ बेंसीतिर झार्ने र बैशाखको उभौलीमा लेकतिर लैजाने चलन छ । रासस

 


Thali Mobile Pvt.Ltd.