भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

शनिबारदेखि असार ३ गतेसम्म काठमाडौँका विभिन्न क्षेत्रमा बिजुली कटौती

शनिबारदेखि असार ३ गतेसम्म काठमाडौँका विभिन्न क्षेत्रमा बिजुली कटौती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले शनिबारदेखि असार ३ गतेसम्म काठमाडौँका विभिन्न क्षेत्रमा बिजुली कटौती गर्ने भएको छ। विद्युतीय लाइन भूमिगतका लागि भन्दै प्राधिकरणले रत्नपार्क वितरण केन्द्रअन्तर्गत विभिन्न स्थानमा विद्युत कटौती गर्ने भएको हो ।

प्राधिकरणका अनुसार शनिबार बबरमहल क्षेत्रस्थित सैनिक मुख्यालय, सुनधारा टेलिकम, भन्सार विभाग, पशु अस्पताल, रानीपोखरी प्रहरी र स्वास्थ्य मन्त्रालय लगायत स्थानमा विद्युत् अवरुद्ध हुनेछ।

सोमबार कालिकास्थान, बुधबार भीमसेनस्थान, शुक्रबार गैह्रीधारा, असार २ गते पानीपोखरी र ३ गते सामाखुशी क्षेत्रमा विद्युत् अवरुद्ध हुने प्राधिकरणले प्रकाशन गरेको सूचनामा उल्लेख छ।

शनिबार, सोमबार, बुधवार, असार २ र ३ गते विद्युत् कटौती गर्ने र यी दिनमा बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ।

 


Thali Mobile Pvt.Ltd.