भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

शनिबारदेखि असार ३ गतेसम्म काठमाडौँका विभिन्न क्षेत्रमा बिजुली कटौती

शनिबारदेखि असार ३ गतेसम्म काठमाडौँका विभिन्न क्षेत्रमा बिजुली कटौती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले शनिबारदेखि असार ३ गतेसम्म काठमाडौँका विभिन्न क्षेत्रमा बिजुली कटौती गर्ने भएको छ। विद्युतीय लाइन भूमिगतका लागि भन्दै प्राधिकरणले रत्नपार्क वितरण केन्द्रअन्तर्गत विभिन्न स्थानमा विद्युत कटौती गर्ने भएको हो ।

प्राधिकरणका अनुसार शनिबार बबरमहल क्षेत्रस्थित सैनिक मुख्यालय, सुनधारा टेलिकम, भन्सार विभाग, पशु अस्पताल, रानीपोखरी प्रहरी र स्वास्थ्य मन्त्रालय लगायत स्थानमा विद्युत् अवरुद्ध हुनेछ।

सोमबार कालिकास्थान, बुधबार भीमसेनस्थान, शुक्रबार गैह्रीधारा, असार २ गते पानीपोखरी र ३ गते सामाखुशी क्षेत्रमा विद्युत् अवरुद्ध हुने प्राधिकरणले प्रकाशन गरेको सूचनामा उल्लेख छ।

शनिबार, सोमबार, बुधवार, असार २ र ३ गते विद्युत् कटौती गर्ने र यी दिनमा बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ।

 


Thali Mobile Pvt.Ltd.