भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

साउदीमा अत्याधिक गर्मीका कारण साढे पाँच सय जनाभन्दा बढी हजयात्रीको मृत्यु

साउदीमा अत्याधिक गर्मीका कारण साढे पाँच सय जनाभन्दा बढी हजयात्रीको मृत्यु

काठमाडौं । साउदी अरबमा अत्याधिक गर्मीका कारण साढे पाँच सय जनाभन्दा धेरै हजयात्रीको ज्यान गएको छ । अहिले साउदीको तापक्रम झन्डै ५२ डिग्री सेल्सियसम्म पुगेको छ ।

विश्वभरबाट हजयात्रामा गएका लाखौँ हजयात्री गर्मीले समस्यामा परेका छन् । हिजोसम्म पाँच सय ५५ जनाको ज्यान गएको र दुई हजार जना गम्भीर बिरामी परेकाले उपचार भइरहेको साउदी सरकारलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

समाचार संस्था एएफपीका अनुसार ज्यान गुमाउनेमध्ये तीन सय २० जना इजिप्टका नागरिक रहेका छन् । यस्तै इन्डोनेसियाको स्वास्थ्य मन्त्रालयले तीर्थयात्रामा गएका आफ्ना एक सय ४४ जनाको ज्यान गएको जनाएको छ । जोर्डन, सेनेगल, ट्युनिसिया र इरानले पनि आफ्ना नागरिक गुमाएको बताएका छन् ।

यो वर्ष ज्यान गुमाउनेको सङ्ख्या गएको वर्षको भन्दा दोब्बरले धेरै हो । यसपटक विश्वभरबाट १८ लाख जना हजयात्राको लागि साउदीको मक्कामा पुगेका छन् । दिउँसो अत्यधिक गर्मी हुँदा बिहान र बेलुका हजको प्राथना हुने गरेको छ, त्यो बेला भीड बढ्दा कयौँले निसासिएर ज्यान गुमाएका खबरमा उल्लेख छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.