भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा

साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा

काठमाडौँ, २८ असाेज । साउदी अरबको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा परी घाइते भएका दुई जना नेपाली खतरामुक्त रहेका छन् । उनीहरूको अस्पतालमा उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको साउदी अरबस्थित नेपाली राजदूतावासले जनाएको छ ।

दूतावासका अनुसार घाइते दुवै जनाको उपचार जारी छ । उनीहरू खतराभन्दा बाहिर रहेकाले चाँडै अस्पतालबाट डिस्चार्ज हुन सक्ने जनाइएको छ । आक्रमणका क्रममा भिडियो खिचेको आरोपमा पक्राउ परेका अर्का नेपालीलाई पनि साउदी सरकारले रिहा गरेको छ । आक्रमणको दृश्य खिचेको भन्दै उनलाई नियन्त्रणमा लिइएको थियो ।

हुथी विद्रोहीले गरेको उक्त आक्रमणमा एक जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए । घटनापछि साउदी अरबमा रहेका नेपाली नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै नेपाली राजदूतावासले निगरानी तथा समन्वयलाई तीव्र बनाएको छ ।परराष्ट्र मन्त्रालयले पनि नेपाली राजदूतावास, रियाद साउदीका सम्बन्धित निकायसँग निरन्तर सम्पर्क र समन्वयमा रहेको जनाएको छ ।

दूतावासले सम्बन्धित स्थानीय निकायबाट जारी सूचना तथा सुरक्षा निर्देशन पूर्ण रूपमा पालना गर्न नेपाली नागरिकलाई आग्रह गरेको छ । कुनै समस्या परेमा तत्काल नेपाली राजदूतावासमा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.