भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पर्यटकीय नगरी सौराहामा ५० प्रतिशत पर्यटक वृद्धि

पर्यटकीय नगरी सौराहामा ५० प्रतिशत पर्यटक वृद्धि

काठमाडौं । नेपालको पर्यटकीय गन्तव्य चितवनको सौराहामा ५० प्रतिशत पर्यटक आगमनमा वृद्धि भएको छ । सौराहाको पर्यटन पछिल्लो समय लयमा आउन थालेसँगै पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् । २०२२ मा भन्दा २०२३ मा ५० प्रतिशत पर्यटक आगमन भएसँगै सौराहाका होटलहरु वाह्य पर्यटकले भरिभराउ छन् । सौराहामा घुम्न आउने वाह्य पर्यटकमा चिनियाँ र भारतीय पर्यटक उच्च छ । अंग्रेजी नयाँ वर्षमा सौराहामा आन्तरिक र वाह्य पर्यटकमा वृद्धि भएको हो ।

सौराहामा पर्यटन आगमनमा वृद्धि भएपनि व्यवसायीहरुले नयाँ गन्तव्य र वाह्य पर्यटकको बसाई लम्याउन थप पहल गर्न सक्ने चुनौती रहेको बताएका छन् । पर्यटकहरुको बसाई लम्ब्याउनको लागि राष्ट्रिय निकुञ्जले एक पटक काटेको टिकट एक दिनका लागि मात्रै अनुमति दिने विषयमा परिमार्जन गरी ५ देखि ७ दिनसम्मको बनाउनुपर्ने पर्यटन व्यवसायीले माग राखेका छन् ।

जिप सफारी, हात्ती सफारी लगायतका कार्यक्रम भएपनि राष्ट्रिय निकुञ्जमा एउटा मात्रै जिप सफारीको रुट हुँदा पर्यटकलाई नयाँ गन्तव्य देखाउन नसकिएको क्षेत्रीय होटल संघका अध्यक्ष गङ्गा गिरीले बताए । सरकारले निकुञ्जमा अन्य रुटहरु पनि खुला गरिदिए पर्यटकहरुको लागि राम्रो हुने बताए । क्षेत्रीय होटल संघका पूर्वअध्यक्ष दीपक भट्टराईले पछिल्लो समय सौराहाको पर्यटन लयमा आएको बताए ।

उनले पछिल्लो समय सौराहामा आन्तरिक तथा वाह्य गरी ७५ प्रतिशत पर्यटक आगमन भएको उल्लेख गरे । सौराहामा गुणस्तरीय होटलहरुमा लगानी बिस्तार हुँदै गएको छ भने व्यवसायीहरुले सौराहामा आउने पर्यटकको लागि पुराना गतिविधि नै दिइरहेको र नयाँ पर्यटकीय गन्तव्य र गतिविधि दिन आवश्यक छ । राष्ट्रिय निकुञ्जको नियम कानूनसँग बसेर होटल सञ्चालन गर्नुपर्ने हुँदा जङ्गल वाक, हात्ती सफारी, जीप सफारी, बोटिङ बाहेक नयाँ कार्यक्रम दिन नसकिएको व्यवसायी बताउँछन् ।

सरकारले राष्ट्रिय निकुञ्जको ऐनलाई नै परिर्वतन गर्नुपर्ने आवश्यकता रहेको उनीहरुको तर्क छ । नेपालका आउने पर्यटकमध्ये ३२ प्रतिशत मात्रै पर्यटक सौराहा आउने गरेको दाबी छ । विदाको समयमा सौराहामा आउने आन्तरिक तथा वाह्य पर्यटकहरुले निकुञ्जमा भएका जन्यजन्तुको संरक्षण गर्नसके मात्रै पनि सौराहाको पर्यटन व्यवसाय माथि पुग्ने बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.