भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

पर्यटकीय नगरी सौराहामा ५० प्रतिशत पर्यटक वृद्धि

पर्यटकीय नगरी सौराहामा ५० प्रतिशत पर्यटक वृद्धि

काठमाडौं । नेपालको पर्यटकीय गन्तव्य चितवनको सौराहामा ५० प्रतिशत पर्यटक आगमनमा वृद्धि भएको छ । सौराहाको पर्यटन पछिल्लो समय लयमा आउन थालेसँगै पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् । २०२२ मा भन्दा २०२३ मा ५० प्रतिशत पर्यटक आगमन भएसँगै सौराहाका होटलहरु वाह्य पर्यटकले भरिभराउ छन् । सौराहामा घुम्न आउने वाह्य पर्यटकमा चिनियाँ र भारतीय पर्यटक उच्च छ । अंग्रेजी नयाँ वर्षमा सौराहामा आन्तरिक र वाह्य पर्यटकमा वृद्धि भएको हो ।

सौराहामा पर्यटन आगमनमा वृद्धि भएपनि व्यवसायीहरुले नयाँ गन्तव्य र वाह्य पर्यटकको बसाई लम्याउन थप पहल गर्न सक्ने चुनौती रहेको बताएका छन् । पर्यटकहरुको बसाई लम्ब्याउनको लागि राष्ट्रिय निकुञ्जले एक पटक काटेको टिकट एक दिनका लागि मात्रै अनुमति दिने विषयमा परिमार्जन गरी ५ देखि ७ दिनसम्मको बनाउनुपर्ने पर्यटन व्यवसायीले माग राखेका छन् ।

जिप सफारी, हात्ती सफारी लगायतका कार्यक्रम भएपनि राष्ट्रिय निकुञ्जमा एउटा मात्रै जिप सफारीको रुट हुँदा पर्यटकलाई नयाँ गन्तव्य देखाउन नसकिएको क्षेत्रीय होटल संघका अध्यक्ष गङ्गा गिरीले बताए । सरकारले निकुञ्जमा अन्य रुटहरु पनि खुला गरिदिए पर्यटकहरुको लागि राम्रो हुने बताए । क्षेत्रीय होटल संघका पूर्वअध्यक्ष दीपक भट्टराईले पछिल्लो समय सौराहाको पर्यटन लयमा आएको बताए ।

उनले पछिल्लो समय सौराहामा आन्तरिक तथा वाह्य गरी ७५ प्रतिशत पर्यटक आगमन भएको उल्लेख गरे । सौराहामा गुणस्तरीय होटलहरुमा लगानी बिस्तार हुँदै गएको छ भने व्यवसायीहरुले सौराहामा आउने पर्यटकको लागि पुराना गतिविधि नै दिइरहेको र नयाँ पर्यटकीय गन्तव्य र गतिविधि दिन आवश्यक छ । राष्ट्रिय निकुञ्जको नियम कानूनसँग बसेर होटल सञ्चालन गर्नुपर्ने हुँदा जङ्गल वाक, हात्ती सफारी, जीप सफारी, बोटिङ बाहेक नयाँ कार्यक्रम दिन नसकिएको व्यवसायी बताउँछन् ।

सरकारले राष्ट्रिय निकुञ्जको ऐनलाई नै परिर्वतन गर्नुपर्ने आवश्यकता रहेको उनीहरुको तर्क छ । नेपालका आउने पर्यटकमध्ये ३२ प्रतिशत मात्रै पर्यटक सौराहा आउने गरेको दाबी छ । विदाको समयमा सौराहामा आउने आन्तरिक तथा वाह्य पर्यटकहरुले निकुञ्जमा भएका जन्यजन्तुको संरक्षण गर्नसके मात्रै पनि सौराहाको पर्यटन व्यवसाय माथि पुग्ने बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.