भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

गर्मी बढेपछि महोत्तरीका विद्यालय फेरि बन्द

गर्मी बढेपछि महोत्तरीका विद्यालय फेरि बन्द

काठमाडौं । पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालयमा बिदा दिन थालिएको छ । जिल्लाको सुदूरदक्षिणवर्ती मनराशिसवा नगर कार्यपालिकाको कार्यालयले अत्यधिक बढेको गर्मीका कारण सोमबारदेखि ६ दिन विद्यालयमा बिदा दिने सूचना गरेको हो ।

घामको प्रचण्ड राप बढेर बालबालिकालाई विद्यालय आउजाउमा निकै समस्या भएपछि उनीहरूको स्वास्थ्यलाई ध्यान दिँदै ६ दिन बिदाको निर्णय गरिएको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत राजेशकुमार शर्माले जानकारी दिए । यसअघि, गएको जेठमा पनि मनराशिसवासहितका जिल्लाका सबै स्थानीय तहले गर्मी छल्न सात दिन बिदा दिएका थिए ।

जिल्लाका अरू स्थानीय तहले पनि विद्यालयमा बिदा दिने तयारी गरेका छन् ।

जिल्लामा असोज लागेपछि बढेको प्रचण्ड रापले सरकारी कार्यालयमा कामविशेषले पुग्ने सेवाग्राही निकै घटेका छन् । यसैगरी, हाटबजार, यातायात र व्यापारिक प्रतिष्ठानमा पनि चहलपहल घटेको छ । रासस

 


Thali Mobile Pvt.Ltd.