भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

लेबनानस्थित आफ्ना नागरिकलाई हिजबुल्लाहको निसानाबाट टाढा जान इजरायलको आग्रह

लेबनानस्थित आफ्ना नागरिकलाई हिजबुल्लाहको निसानाबाट टाढा जान इजरायलको आग्रह

काठमाडौं । इजरायली सेनाले लेबनानस्थित आफ्ना नागरिकलाई हिजबुल्लाहको निसानाबाट टाढा जान आग्रह गरेको छ । इजरायलले इरान समर्थित हिजबुल्लाह समूहविरुद्ध थप ‘व्यापक र सटीक’ आक्रमण गर्ने प्रतिबद्धता जनाएको छ।

इजरायली सेनाका प्रवक्ता रियर एडमिरल ड्यानियल हागारीले लेबनानका जनतालाई गरेको दुर्लभ अपिलमा भने, “हिजबुल्लाहले सैन्य प्रयोजनका लागि प्रयोग गर्ने भवन र क्षेत्रको छेउछाउमा रहेका लेबनानी गाउँका नागरिकहरूलाई आफ्नो सुरक्षाका लागि तत्काल आफ्नो बाटोबाट बाहिर निस्कन आग्रह गर्दछौँं ।”

उनले भने, “इजरायली सेनाको रक्षा बल (आईडीएफ) लेबनानमा आश्रय लिँदै आएका आतंकवादीविरुद्ध व्यापक आक्रमण गर्नेछ ।”

हगारीका अनुसार सेनाले सोमबार बिहानदेखि हिजबुल्लाह क्षेत्रमा थप आक्रमण सुरु गरेको छ । उनले भने, “यो आक्रमण निकट भविष्यमा पनि जारी रहनेछ ।” रासस।एएफपी

 

 


Thali Mobile Pvt.Ltd.