भर्खरै : Sorry, your browser does not support inline SVG.

एसिसी महिला एशिया कपका नेपालको प्रारम्भिक टोली घोषणा

एसिसी महिला एशिया कपका नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौं । श्रीलंकामा हुन लागेको एसिसी महिला एशिया कपका लागि नेपालले प्रारम्भिक टोली घोषणा गरेको छ। १९ देखि २८ जुलाईमा आयोजना हुने कपमा कप्तान इन्दु बर्मासहित २८ खेलाडीलाई समेट्दै ​नेपाल क्रिकेट संघ (क्यान)ले प्रारम्भिक टोली घोषणा गरेको हो।

प्रारम्भिक टोलीमा इन्दु बर्मा , रुबिना छेत्री, सीता राणामगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ, पूजा महतो, डल्ली भट्ट, बिन्दु रावल, रोमा थापा, सबनम राई रुबी पोद्दार रहेका छन्।

यस्तै, खुशी डंगोल,लक्ष्मी साउद, अलिशा खाडिया, अप्सरी बेगम, करुणा भण्डारी, अस्मिना कर्माचार्य, संगीता राई, आरती महतो, सावित्री धामी, ममता चौधरी, यशोदा विष्ट छन्। यसैगरी, कृतिका मरासिनी, सोनी पाखरिन, राजमती ऐरी, हेलिशा गुरुङ रहेका छन्।

 


Thali Mobile Pvt.Ltd.