काठमाडौं । एक महिनादेखि बेपत्ता एक किशोरीको हत्या भएको खुलेको छ ।
काठमाडौंबाट बेपत्ता भएकी कक्षा १२ मा अध्ययनरत् सुस्मा लामा गत २२ माघदेखि सम्पर्कविहीन भएकी थिइन् ।
उनको शव प्रहरीले एक महिनापछि तारेभिरको जंगलबाट उत्खनन् गरेर ल्याएको छ ।