भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

अन्तर नगर महिला कबड्डी प्रतियोगिता भक्तपुरमा जारी

अन्तर नगर महिला कबड्डी प्रतियोगिता भक्तपुरमा जारी

भक्तपुर । भक्तपुर नपाको आयोजनामा फागुन २९ गतेबाट सुरु भएको महिला कबड्डी प्रतियोगिता अन्तर्गत बुधबार विराटनगर महानगरपालिका र बुटवल उप महानगरपालिकाविच भएको खेलमा बुटवल उप महानगरपालिकाले विराटनगर महानगरपालिकालाई ६४.२२ अंकले पराजित गरेको छ ।

उक्त खेलमा बुटवल उप महानगरपालिकाका विष्णु सोमरी मगर म्यान अफ द म्याच घोषित भएका छन् ।
त्यस्तै मेलौली नपा र पोखरा महानगरपालिकाविच भएको खेलमा मेलौली नपाले पोखरा महानगरपालिकालाई ४३(२२ पराजित गरेको छ । सो खेलमा पोखरा महानगरपालिका होममाया खप्तड मगर म्यान अफ द म्याच घोषित भएका छन् ।

भिमदत्त नपा र बनेपाबिचको खेलमा भिमदत्तले बनेपालाई ६९.१६अंकले हराएको छ । उक्त खेलमा मानमति विष्ट म्यान अफ द म्याच घोषित भएका छन् । काठमाडौ महानगरपालिका र मध्यपुर थिमि नगरपालिकाविच भएको प्रतिस्पर्धामा काठमाडौ महानगरपालिकाले जित हासिल गरेको छ । उनले प्रतिद्वन्द्वी मध्यपुर थिमिलाई ६५.२५ ले हराएको हुन् ।

काठमाडौ महानगरपालिकाका पुनम कार्की म्यान अफ द म्याच घोषित भएका छन् । विराटनगर महानगर नपा र गोदावरीबिचको खेलमा विराटनगरले गोदावरीलाई ३९.२३ अन्कले पराजित गरेको छ । उक्त खेलमा विराटनगर महानगर नपाका रोजिना खवास म्यान अफ द म्याच घोषित भएका छन् ।

बुटवल नपा र महाकाली नपाविचको खेलमा बुटवलले महाकालीलाई ५९.२४ अंकले पराजित गरेको छ भने बुटवल नपाका सृजना थारु म्यान अफ द म्याच घोषित भएका छन् । बुटवल नपा र महाकाली नपाविचको खेलमा बुटवलले महाकालीलाई ५९.२४ अंकले पराजित गरेको छ भने बुटवल नपाका सृजना थारु म्यान अफ द म्याच घोषित भएका छन् ।

सिद्धिचरन नपा र पोखरा महानगरपालिकाविचको खेलमा पोखराले सिद्धिचरलाई ७९.१७ अंकले पराजित गरेको छ भने पोखरा नपाका आशिका नेपाली म्यान अफ द म्याच घोषित भएका छन् । किर्तिपुर नपा र बनेपा नपाविचको खेलमा किर्तिपुरले बनेपालाई ३५.३२ अंकले पराजित गरेको छ भने उक्त खेलमा किर्तिपुरका नितु सुनार म्यान अफ द म्याच घोषित भएका छन् ।

त्यस्तै मेलौली नपा र कलैया नपाविचको खेलमा मेलौली नपाले जित हासिल गरेको छ । मेलौलीले कलैयालाई ६१.१३ ले पराजित गरेको हो । खेलमा मेलौली नपाका रविना चौधरी म्यान अफ द म्याच घोषित भएका छन् ।

सोहि दिन काठमाडौ महानगरपालिका र भक्तपुर नगरपालिकाविच भएको खेलमा भक्तपुरले काठमाडौलाई ४३.२९ अकले हराएको छ । सो खेलमा भक्तपुरका इशा सैजु म्यान अफ द म्याच घोषित भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.