भर्खरै : Sorry, your browser does not support inline SVG.
जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका कैदी बैतडीबाट पक्राउ | संसदीय मर्यादा उल्लंघन गरेको आरोप लगाउँदै हर्क साम्पाङद्वारा प्रधानमन्त्रीको राजीनामा माग | ट्रम्प–सी भेटवार्तामा व्यापार सम्झौतामा जुटेन ठोस सहमति | होल्डिङ सेन्टरमा १९ दिन बित्दा पनि अन्योलमा सुकुमवासी, स्क्रिनिङमै अलमलियो सरकार | बालेन सरकारले राष्ट्रिय अनुसन्धान विभाग फेरि प्रधानमन्त्री कार्यालय मातहत ल्यायो | सरकारसमक्ष ६ बुँदे सर्त अघि सार्दै जेनजीले बहिष्कार गरे संविधान संशोधन कार्यदलले बोलाएको छलफल | भारतले किन लगायो चिनी निर्यातमा प्रतिबन्ध ? | उत्तर प्रदेशमा शक्तिशाली आँधी, ५६ जनाको मृत्यु |

विश्वका ८ हजार मिटरभन्दा अग्ला हिमाल चढ्ने पहिलो नेपाली महिला

विश्वका ८ हजार मिटरभन्दा अग्ला हिमाल चढ्ने पहिलो नेपाली महिला

काठमाडौं । पर्वतारोही दावा याङजुम शेर्पा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला बनेकी छिन् । दोलखामा जन्मिएकी ३३ वर्षीया दावाले बुधबार बिहान ५ बजे तिब्बतस्थित ८ हजार २७ मिटर अग्लो शिशपाङ्मा हिमालको सफल आरोहण गरेसंगै यो कीर्तिमान हात पारेकी हुन् । विश्वमा मान्यताप्राप्त आठहजार मिटरभन्दा अग्ला हिमाल १४ वटा रहेका छन् ।

त्यसो त निकट भविश्यमै विश्वको मानचित्रमा आठहजार मिटरभन्दा माथिका अरु ६ वटा हिमाल थप हुँदैछन् । सौभाग्यवश थपिने ती ६ वटै आठ हजार मिटरभन्दा माथिका हिमाल नेपालमा रहेका छन् । जे होस्, विश्वकै अग्ला (आठ हजारभन्दा माथिका) १४ वटा हिमचुचुराहरु कुन देशमा वा कहाँ छन् ? ती हिमाल कसले पहिले चढे ? कहिले चढे ? ती हिमाल पहिलो पटक चढ्ने पर्वतारोहीहरु कुन कुन देशका थिए ? आदिबारे यहाँ छोटोमा चर्चा गरिने छ ।

विश्वका ती आठहजार मिटरभन्दा माथिका सबै अर्थात् १४ वटै हिमचुचुराहरु एसिया महादेशको हिमालय पर्वतमालामा पश्चिम पूर्व फैलिएको छ । त्यसमध्ये पनि हिमालयको एकतिहाई भाग नेपालमा पर्छ, जुन कुरो हामी नेपालीहरुका लागि गर्व गर्नलायक हो । हिमालय पर्वतमालाको एकतिहाई भागमै विश्वका अग्ला हिमचुचुरो सगरमाथा अर्थात् चोमोलुङमादेखि लिएर हालसम्मको आठहजार मिटरमध्ये कम उचाईको हिमाल सिसापाङमा उचाई ८,०१३ मिटर सम्म रहेका छन् ।

विश्वकै अग्लो हिमचुचुरो सगरमाथा अर्थात् चोमोलुङमा ९८,८४८.८६ मिटर हो भने, यो हिमालको पहिलोपटक आरोहण सन् १९५३ मे २९ मा न्युजील्यान्डका एडमण्ड पर्सिभल हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाबाट भएको थियो । त्यस्तै विश्वको दोस्रो अग्लो हिमाल काराकोरम २ (केटु) हो । यो हिमालको उचाई ८,६११ मिटर रहेको छ । यो हिमाल पाकिस्तानमा पर्छ ।

यो हिमाल सन् १९५४ को ३१ जुलाईमा इटालियन आरोहीद्वय एकिले कोम्पाग्नोनी र लिनो लेसडेल्लीले पहिलोपटक सफलतापूर्वक चढेका थिए । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा हो । यो नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, भारतको सिक्किम र दार्जिलिङको सीमामा रहेको छ । यसको उचाई ८,५८६ मिटर हो । यो हिमाललाई बेलायतका पर्वतारोहीहरु जर्ज ब्यान्ड र जो ब्राउनले सन् १९५५ मे २५ का दिन पहिलोपटक चढेका थिए ।

विश्वको चौथो अग्लो हिमाल चाहिँ ल्होत्से हो । यसको उचाई ८,५१६ मिटर रहेको छ । यो हिमालको प्रथम आरोहण सन् १९५६, मे १८ मा भएको थियो । स्वीट्जरल्यान्डका पर्वतारोहीहरु फ्रिट्ज लुसिंगार र अर्नेस्ट रेइस्टले पहिलोपटक आरोहण गरेका थिए । त्यस्तै विश्वको पाँचौं अग्लो हिमाल मकालु हो । यसको उचाई ८,४६३ मिटर रहेको छ भने सन् १९५५ मे १५ मा जिन कोजी, लियोनल टेरे, जिन फ्रान्का, गुइडो म्याग्नान, जिन बोउभियर, सेर्गीकोप, पियरे लेरोक्सलगायत फ्रेन्च र नेपाली ग्याल्जेन नोर्बु सहितको एक टोलीले नै चढेका थिए ।

त्यस्तै विश्वको छैठौं अग्लो हिमाल चो(ओयु हो । यसको उचाई ८,२०१ मिटर रहेको छ भने सन् १९५४ अक्टोम्बर १९ मा अस्ट्रियन नागरिकद्वय हर्बर्ट टिची र सेप जेक्लर र नेपाली पासाङ दावा ९लामा० शेर्पाले पहिलोपटक सफलतापूर्वक आरोहण गरेका थिए । धौलागिरी हिमाल विश्वको सातौं अग्लो हिमाल हो । यसको उचाई ८,१६७ मिटर रहेको छ भने सन् १९६० मे १३ का दिन स्वीट्जरल्यान्डका पर्वतारोहीहरु कुर्ट डिम्बर्गर, पिटर डियनर, अर्नेस्ट पोर्म, एलेन सेल्बर, माइकल फोउजर र ह्युगो बेबर, नेपाली आरोहीद्वय नावाङ शेर्पा र निमा शेर्पाले सफलतापूर्वक आरोहण गरेका थिए ।

त्यस्तै विश्वको आठौं अग्लो हिमाल मनास्लु हो भने, यो हिमालको उचाई ८,१६३ मिटर रहेको छ । मनास्लु हिमालको पहिलो सफल आरोहण सन् १९५६ मे ९ मा जापानका पर्वतारोहीत्रय तोशीमो इमानिशी, किइसिरो कातो र मिनोरु हिगेता तथा नेपाली ग्याल्जेन नोर्बुले गरेका थिए । एवं रीतले विश्वको नवौं अग्लो हिमाल नांगा पर्वत हो । यो हिमालको उचाई ८,१२६ मिटर रहेको छ भने, यो हिमाल पाकिस्तानमा रहेको छ । अस्ट्रियन पर्वतारोही हर्मन बुह्लले सन् १९५३, जुलाई ३ मा पहिलोपटक सफलतापूर्वक चढेका थिए ।त्यस्तै विश्वको १०औं अग्लो हिमाल अन्नपूर्ण १ (प्रथम) हो ।

साथै पर्वतारोहणको इतिहासमा सफलतापूर्वक पहिलोपटक चुचुरोमा पुग्न सफल भएको हिमाल पनि यही नै हो । विश्वको १० औं स्थानमा आउने हिमाल भए तापनि यो हिमालको आप्mनै प्रकारको महत्व रहेको छ । यो हिमाल नेपालको अन्नपूर्ण हिमश्रृंखलामा रहेको छ भने यसको उचाई ८,०९१ मिटर रहेको छ । सर्वप्रथम सफलतापूर्वक आरोहण फ्रान्सका पर्वतारोहीद्वय माउरिस हर्जोग र लुइस लाचेनलले गरेका हुन् ।

उनीहरुले सन् १९५० जुन ३ मा पहिलोपटक आरोहण गरेका थिए । विश्वको ११औं अग्लो हिमाल गासेरब्रुम(१ हो । यो हिमाल पनि पाकिस्तानमा रहेको छ । यसको उचाई ८,०८१ मिटर रहेको छ भने यो हिमालको आरोहण सन् १९५८ जुलाई ५ मा अमेरिकन पर्वतारोहीद्वय एन्ड्रयु कोउफम्यान र पिट स्कोइन्ङले गरेका थिए । विश्वको १२औं अग्लो हिमाल ब्रोडपिक हो । यो हिमाल पनि पाकिस्तानमै रहेको छ भने यसको उचाई ८,०५१ मिटर हो ।

यस हिमालको सफल आरोहण सन् १९५७ जुन ९ मा भएको हो । त्यो बेला अस्ट्रियन पर्वतारोहीहरु फ्रिट्ज विन्टरक्टेलजर, मार्कसुक स्मुक, कुर्ट डेइम्बर्ग हर्मन बुलले चढेका थिए । विश्वको १३औं अग्लो हिमालचाहिँ गासेरब्रुम(२ हो । यो हिमाल पनि पाकिस्तानमा नै रहेको छ भने, यसको उचाई ८,०३५ मिटर हो । सन् १९५६ को जुलाई ७ मा जोसेप लार्क, फ्रिट्ज मोर्भल र हान्स विलेन्डपार्टले सफलतापूर्वक चढेका थिए ।

विश्वको १४औं र हालसम्मको आठहजार मिटरको अन्तिम अग्लो हिमाल हो सिसापाङमा । यो हिमालको उचाई ८,०२७ मिटर रहेको छ । यो हिमाल चीनको स्वशासित क्षेत्र तिब्बत र नेपालको सीमामा रहेको छ । नापजाँच गर्दा र भूगोलको आधारमा यो हिमाल नेपाली भूमिमा पर्छ भन्ने भनाइ रहेको छ । साथै यो हिमालको नेपाली ९खसरपर्वते० भाषामा रहेको नाम गोसाईँनाथ हो । यो हिमाल सन् १९६४ मे २ मा १० जना चिनियाँ पर्वतारोहीहरुको जम्बो टोलीले सफलतापूर्वक आरोहण गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.