भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

टिमुरे ताल पर्यटकको पर्खाईमा

टिमुरे ताल पर्यटकको पर्खाईमा

यतिबेला गुल्मीको टिमुरे ताल आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । टिमुरे ताल न्द्रकोट गाउँपालिका वडानम्बर–४ रेमीमा पर्दछ ।यहाँबाट धौलागिरी, माछापुच्छ्रे लगायतका हिम–शृङ्खला, रेसुङ्गाजस्ता पर्यटकीय स्थलका साथै अन्य ठाउँहरु सहजै अवलोकन गर्न सकिन्छ ।

दशैं–तिहारको बिदामा घुम्नका लागि उपयुक्त गन्तव्य रहेको यस ठाउँमा पछिल्लो पटक विदेशी पर्यटक टिमुरे ताल घुम्न पुगेका छन् । टिमुरे होमस्टे र टिमुरे ताललाई जोड्दै पर्याप्त प्रचार भने गर्न नसकेको पर्यटकहरु बताउँछन् । यसको सम्भावना धेरै भएपनि स्थानीय तहले ध्यान नदिएको गुनासो उनीहरुको छ ।

अहिले गाउँपालिकाले विभिन्न संरचना र संरक्षणका निम्ति कार्य गर्दै आएको चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसीले बताए । पालिका भित्रको उपयुक्त पर्यटकीय गन्तव्य भएकाले यसलाई महत्व दिएर प्रवर्द्धनको काम गर्ने केसीको भनाइ छ ।

समुद्र सतहबाट २२ सय मिटर उचाइमा रहेको टिमुरे तालमा शान्तिपुर बजारबाट पैदल ३ घण्टा र गाडीमा ४५ मिनेटमा पुग्न सकिन्छ ।

 


Thali Mobile Pvt.Ltd.