भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

नवौं भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८१/८२: दोस्रो दिनको रौनक

नवौं भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८१/८२: दोस्रो दिनको रौनक

भक्तपुर, २९ चैत । नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरको सल्लाघारीमा जारी नवौं ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८१/८२’ को दोस्रो दिन शुक्रबार भव्य रूपमा हुँदैछ । भक्तपुरलाई ‘उद्योग, संस्कृति र कृषि’ को संगमका रूपमा चिनाउने उद्देश्यले औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले आयोजना गरेको यो महोत्सवले दर्शकहरूको उल्लेख्य सहभागिता प्राप्त गरेको छ।

दोस्रो दिनको मुख्य आकर्षणका रूपमा चर्चित कलाकारहरू रवि रिमाल, सरोज लामिछाने, रमेश श्रेष्ठ, र एरिक विश्वकर्माले सांगीतिक प्रस्तुति दिनेछन् । साथै, खुल्ला नृत्य र स्थानीय कलाकारहरूको विशेष प्रस्तुति रहने छ ।

महोत्सवमा राखिएका विभिन्न सामग्रीहरूमा २० देखि ५० प्रतिशतसम्मको आकर्षक छुट प्रदान गरिएको छ। प्रवेशका लागि टिकट शुल्क रु. ८० र रु. ५० निर्धारण गरिएको छ। भक्तपुरको सांस्कृतिक, औद्योगिक, र कृषि सम्भावनालाई उजागर गर्न यो महोत्सवले महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.