भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

नवौं भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८१/८२: दोस्रो दिनको रौनक

नवौं भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८१/८२: दोस्रो दिनको रौनक

भक्तपुर, २९ चैत । नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरको सल्लाघारीमा जारी नवौं ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८१/८२’ को दोस्रो दिन शुक्रबार भव्य रूपमा हुँदैछ । भक्तपुरलाई ‘उद्योग, संस्कृति र कृषि’ को संगमका रूपमा चिनाउने उद्देश्यले औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले आयोजना गरेको यो महोत्सवले दर्शकहरूको उल्लेख्य सहभागिता प्राप्त गरेको छ।

दोस्रो दिनको मुख्य आकर्षणका रूपमा चर्चित कलाकारहरू रवि रिमाल, सरोज लामिछाने, रमेश श्रेष्ठ, र एरिक विश्वकर्माले सांगीतिक प्रस्तुति दिनेछन् । साथै, खुल्ला नृत्य र स्थानीय कलाकारहरूको विशेष प्रस्तुति रहने छ ।

महोत्सवमा राखिएका विभिन्न सामग्रीहरूमा २० देखि ५० प्रतिशतसम्मको आकर्षक छुट प्रदान गरिएको छ। प्रवेशका लागि टिकट शुल्क रु. ८० र रु. ५० निर्धारण गरिएको छ। भक्तपुरको सांस्कृतिक, औद्योगिक, र कृषि सम्भावनालाई उजागर गर्न यो महोत्सवले महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.