भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

काठमाण्डौ वरपरका डाँडामा पनि हल्का हिमपात, अब मौसममा क्रमिक सुधार हुँदै जाने

काठमाण्डौ वरपरका डाँडामा पनि हल्का हिमपात, अब मौसममा क्रमिक सुधार हुँदै जाने

काठमाण्डौ । देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । काठमाण्डौ उपत्यकासहित सोमवारदेखि मौसम बदली हुँदै आएपनि बिहीबार मात्रै वर्षा भएको हो । शुक्रबारबाट मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविद्ले बताएका छन् ।

पश्चिमबाट मौसममा सुधार हुँदै जानेछ भने कोशीसहित पहाडी भेगमा शुक्रबार पनि बदलीको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । कोशी र गण्डकीका पहाडी भेगका केही ठाउँमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार काठमाण्डौ उपत्यकाकासहित पहाडी भेगमा पानी परेको हो । काठमाण्डौमा मौसम खराबीका कारण हवाई उडान र अवतरणमा समस्या भएको थियो । पानी पर्न रोकिएपछि बिहीबार बेलुकीदेखि नै आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान नियमित रुपमा सञ्चालन भैरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

बिहीबार उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँमा हिमपात भएको छ । काठमाण्डौ वरपरका डाँडामा पनि हल्का हिमपात भएको छ ।

 


Thali Mobile Pvt.Ltd.