भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई धक्का, नर्थ क्यारोलाइनामा डेमोक्रेटको जित | विद्यार्थी राजनीतिदेखि जापानको संयोजकसम्म : रेशमकुमार डंगोलको संघर्षपूर्ण यात्रा | जुम्लाको दुर्गम गाउँदेखि विद्यावारिधिसम्म : एलपी देवकोटाको प्रेरणादायी कथा | प्रतिपक्षी दलको सरकारलाई दबाब : ‘तत्काल संसद् अधिवेशन बोलाऊ’ | कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना | भेनेजुएलामा विद्रोही शिविरमाथि सैन्य आक्रमण, कम्तीमा १९ जनाको मृत्यु | मझिमटारमा आकाशे पुलको गर्डर राख्न पृथ्वी राजमार्ग तीन घण्टा बन्द | भक्तपुरमा एकहप्ते सेरामिक्स कार्यशाला सुरु, नगर प्रमुख प्रजापतिद्वारा उद्घाटन |

सिरहामा मोटरसाइकल जाँच गर्दा ५.५७ ग्राम खैरो हेरोइन बरामद, दुई युवक पक्राउ

सिरहामा मोटरसाइकल जाँच गर्दा ५.५७ ग्राम खैरो हेरोइन बरामद, दुई युवक पक्राउ

सिरहा, २७ असाेज । सिरहाको गोलबजार नगरपालिका–१ बैरीबाणबाट प्रहरीले खैरो हेरोइनसहित दुई युवकलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सोमबार प्रहरी चौकी मुक्सार र लागूऔषध नियन्त्रण ब्युरोको गोलबजार शाखाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले बैरीबाणबाट कसाहातर्फ जाँदै गरेको स ६ प ७३३७ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा चालक धनगढीमाई नगरपालिका–१३ का १९ वर्षीय सुरज यादवको साथबाट ५.५७ ग्राम खैरो हेरोइन फेला पारेको जनाएको छ ।

मोटरसाइकलको पछाडि सवार सोही ठाउँका १९ वर्षीय श्यामबाबु कुमार यादवलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता रमेशबहादुर पालका अनुसार पक्राउ परेका दुवै युवकलाई खैरो हेरोइन र मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय गोलबजारमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.