भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

देवर भाउजू, नन्द भाउजू र साली भिनाजु एकापसमा सिस्नु पानी छ्यापेर बिसु पर्व मनाइँदै

देवर भाउजू, नन्द भाउजू र साली भिनाजु एकापसमा सिस्नु पानी छ्यापेर बिसु पर्व मनाइँदै

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा आज ‘बिसु’ पर्व मनाइँदैछ । नयाँ वर्षको दिनलाई धूमधामसंग बिस पर्वका रूपमा मनाउने चलन छ । बिसुमा मीठा मीठा खानाका परिकार बनाउने र विशेष गरेर सिस्नु लगाउने प्रचलन छ ।

देवर भाउजू, नन्द भाउजू र साली भिनाजुले एकापसमा सिस्नु पानी छ्यापेर यो पर्व मनाइन्छ । देवर नहुने र नन्द नहुने भाउजू, भाउजू नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैँले भए पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा छ ।

सिस्नो लगाउँदा वर्षभरि शरीरमा कुनै पनि रोग नलाग्ने जनविश्वास छ । छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास छ । यो दिन हरेक मानिसले शरीरमा रोग नलागोस् र विषाक्त पदार्थ हटेर जाओस् भन्नका निमित्त सिस्नो लगाउने गरिन्छ ।

 


Thali Mobile Pvt.Ltd.