भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

स्रोत नखुलेको ११ लाख १५ हजार ७०० रुपैयाँ सहित नियन्त्रणमा

स्रोत नखुलेको ११ लाख १५ हजार ७०० रुपैयाँ सहित नियन्त्रणमा

रौतहट । ११ लाख भन्दा बढी रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। रौतहटको सदरमुकाम गौर नगरपालिकाबाट स्रोत नखुलेको वीरेन्द्र कुमार जैसवाललाई स्रोत नखुलेको ११ लाख १५ हजार ७०० रुपैयाँ सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी रौतहटले जनाएको छ ।

गौर १ शिवालय मन्दिर अगाडि चेकजाँचको क्रममा शुक्रवार साँझ सोही वडाका ५६ वर्षीय वीरेन्द्र कुमार जैसवाल पक्राउ परेका हुन । साइकल चढेर आएका जैसवालले बोकेको झोला भित्र उक्त रकम बरामद भएको तथा आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको छ ।

 


Thali Mobile Pvt.Ltd.