भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

सीतापाइला–धार्के सडक अनिश्चितकालका लागि बन्द

सीतापाइला–धार्के सडक अनिश्चितकालका लागि बन्द

काठमाडौँ । काठमाडौ– सीतापाइला–धादिङ धार्के पुगिने वैकल्पिकमार्ग अनिश्चितकालका लागि बन्द भएकाे छ । धार्के स्थित ठूलो खोलामा कालोपत्र काम सुरु भएपछि अब अर्को सूचना जारी नभएसम्म सडक बन्द गरेर काम थालिएकाे धुनीबेँसी नगरपालिका–५ का वडाअध्यक्ष विशाल भट्टराईले बताए ।

उनले भने, ‘आजदेखि धार्के–ठूलोखोला खण्डमा दोस्रो लेयरको कालोपत्र सुरु भएको छ । अत्यावश्यक बाहेकका सवारी साधनलाई बन्द गरिएको हो । नौ किलोमिटरको लेयर कालोपत्र तीन चरणमा पूरा गर्नेगरी तिहारसम्म आधा काम सकिन्छ ।’

नागढुङ्गा–नौबिसे सडकको सट्टा सीतापाइला–धार्के सडक प्रयोगमा ल्याइएको थियो । नागढुङ्गा–नौबिसे सडकको जाम छल्न यातायात व्यवसायीले दसैँमा उक्त सडक प्रयोग गरेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले बताए ।

 


Thali Mobile Pvt.Ltd.