भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सीतापाइला–धार्के सडक अनिश्चितकालका लागि बन्द

सीतापाइला–धार्के सडक अनिश्चितकालका लागि बन्द

काठमाडौँ । काठमाडौ– सीतापाइला–धादिङ धार्के पुगिने वैकल्पिकमार्ग अनिश्चितकालका लागि बन्द भएकाे छ । धार्के स्थित ठूलो खोलामा कालोपत्र काम सुरु भएपछि अब अर्को सूचना जारी नभएसम्म सडक बन्द गरेर काम थालिएकाे धुनीबेँसी नगरपालिका–५ का वडाअध्यक्ष विशाल भट्टराईले बताए ।

उनले भने, ‘आजदेखि धार्के–ठूलोखोला खण्डमा दोस्रो लेयरको कालोपत्र सुरु भएको छ । अत्यावश्यक बाहेकका सवारी साधनलाई बन्द गरिएको हो । नौ किलोमिटरको लेयर कालोपत्र तीन चरणमा पूरा गर्नेगरी तिहारसम्म आधा काम सकिन्छ ।’

नागढुङ्गा–नौबिसे सडकको सट्टा सीतापाइला–धार्के सडक प्रयोगमा ल्याइएको थियो । नागढुङ्गा–नौबिसे सडकको जाम छल्न यातायात व्यवसायीले दसैँमा उक्त सडक प्रयोग गरेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले बताए ।

 


Thali Mobile Pvt.Ltd.