काठमाडौं । संघीय संसद सचिवालयले भारतसँग ३८ वटा कार र ७५ वटा मोटरसाइकल मागेको छ ।
अर्थ मन्त्रालयमार्फत भारतीय कार र मोटरसाइकल माग गरेका सवारीसाधन प्राप्त हुने गरी पहल भएको सचिवालयले जनाएको छ ।
सहयोगस्वरुप सवारीसाधन प्राप्तीका लागि गृहकार्य भइरहेको संसद सचिवालयका अधिकारी बताउँछन् ।
पदाधिकारी र कर्मचारीका लागि आवश्यक सवारी साधन माग गरेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।
