भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

शीतलहर बढ्दो, पाँच दिनदेखि हुस्सुले ढाकेको तराईमा सजग रहन आग्रह

शीतलहर बढ्दो, पाँच दिनदेखि हुस्सुले ढाकेको तराईमा सजग रहन आग्रह

काठमाडौं । चिसो बढेसँगै तराईका विभिन्न जिल्लामा शीतलहरको जोखिम छ । पाँच दिनदेखि हुस्सुले ढाकेको तराईका जिल्लामा चिसो बढेसँगै शीतलहरको असरबाट बच्नका आग्रह गरिएको छ । शीतलहरका कारण ११ वर्षको अवधिमा करिब ११६ जनाले ज्यान गुमाएको सरकारी तथ्याङ्क छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०६८ सालदेखि २०७९ पुस १३ ९११ वर्ष०मा ११६ जनाले ज्यान गुमाएका हुन् । प्राधिकरणको तथ्याङ्कानुसार शीतलहरका कारण सबैभन्दा बढी रौतहटमा ६३ जनाले ज्यान गुमाएका छन् । सप्तरीमा १९, महोत्तरीमा १५, सिराहामा ११, धनुषमा चार, बारामा दुई र झापा र नवलपरासीमा एक९एक जना गरी ११६ जनाको मृत्यु भएको छ ।

प्राधिकरणको तथ्याङ्कानुसार २०६८ साल वैशाखदेखि चैतसम्ममा मात्र ६६ जनाको मृत्यु भएको थियो । यसैगरी २०७४ मा ४८ जनाको शीतलहरका कारण मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । विसं २०६८ र २०७४ बाहेक अन्य वर्षमा शीतलहरकै कारण मृत्यु नभए पनि आगो, हिटर ताप्दा भने सर्वसाधरणको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.