भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

गर्मी बढेर विद्यार्थी बेहोस हुनथालेपछि विद्यालय बन्द

गर्मी बढेर विद्यार्थी बेहोस हुनथालेपछि विद्यालय बन्द

काठमाडौं । बढ्दो गर्मीका कारण विद्यार्थीहरु बेहोस हुन थालेपछि पर्साका स्थानीय विद्यालय बन्द गर्ने निर्णय गरेको छ । लगातार बढ्दै गएको गर्मीका कारण अध्ययन अध्यापनमा समस्या उत्पन्न हुन थालेपछि पर्सा जिल्लाका पालिकाहरुले विद्यार्थीको स्वास्थ्यमा परेको प्रतिकूलतालाई कम गर्न विद्यालय विदा दिने निर्णय गरेका हो ।

मधेस प्रदेशमा रहेको एक मात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले सूचना प्रकाशित गरी असोज ८ र ९ गते विद्यलायको अध्ययन अध्यापन स्थगित गर्ने निर्णय गरेको हो ।

अध्ययन कै क्रममा विद्यार्थीहरु बेहोस हुन थालेकाले विद्यलायको प्रशासनिक कार्यलाई निरन्तरता दिदै हाल दुई दिनका लागि पठन पाठन स्थगित गर्ने निर्णय गरिएको वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रसाशन महाशाखाका प्रमुख अरविन्दलाल कर्णले बताए ।

त्यसैगरी पर्साकै पोखरिया नगरपालिकामा संचालित रहेका उचँगल माविमा अध्ययनरत ८ जना छात्रा हिजो गर्मीका कारण बेहोस भएपछि नगपालिकाले अध्ययन अध्यापनलाई विहानको सिफ्टमा संचालन गर्न सुचना प्रकाशित गरेको छ । तीन दिन यता तापाक्रम वृद्धी हुँदै ४५ डिग्रीसम्म पुगेको छ ।

 


Thali Mobile Pvt.Ltd.