भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ १५ दिनका लागि दैनिक ६ घण्टा बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनको आग्रह | तातो लहरले सताएको तराई, भोलिदेखि वर्षाले राहत मिल्ने आशा | जम्मू-कश्मीरको नियन्त्रण रेखा आसपास गोलीबारी, भारत-पाकिस्तानबीच तनाव चुलियो | काठमाडौं उपत्यकाका सम्पदा हाम्रो सभ्यताको गौरवपूर्ण चिनारी हुन् : मन्त्री पाण्डे | भक्तपुर जिल्लामा क्रियाशिल पत्रकारहरूसँग जनस्वास्थ्य कार्यालयको अन्तरक्रिया कार्यक्रम | कोशी प्रदेशको आर्थिक वृद्धिमा वृद्धि, सञ्चित खातामा ५ अर्ब ६२ करोड ७५ लाख | तराई–मधेशमा उच्च गर्मी र तातो हावा, काठमाण्डौमा पनि बढ्ने गर्मी | भारत र पाकिस्तान बीचको तनाव: एक नयाँ युद्धको मोडमा |

गर्मी बढेर विद्यार्थी बेहोस हुनथालेपछि विद्यालय बन्द

गर्मी बढेर विद्यार्थी बेहोस हुनथालेपछि विद्यालय बन्द image

काठमाडौं । बढ्दो गर्मीका कारण विद्यार्थीहरु बेहोस हुन थालेपछि पर्साका स्थानीय विद्यालय बन्द गर्ने निर्णय गरेको छ । लगातार बढ्दै गएको गर्मीका कारण अध्ययन अध्यापनमा समस्या उत्पन्न हुन थालेपछि पर्सा जिल्लाका पालिकाहरुले विद्यार्थीको स्वास्थ्यमा परेको प्रतिकूलतालाई कम गर्न विद्यालय विदा दिने निर्णय गरेका हो ।

मधेस प्रदेशमा रहेको एक मात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले सूचना प्रकाशित गरी असोज ८ र ९ गते विद्यलायको अध्ययन अध्यापन स्थगित गर्ने निर्णय गरेको हो ।

अध्ययन कै क्रममा विद्यार्थीहरु बेहोस हुन थालेकाले विद्यलायको प्रशासनिक कार्यलाई निरन्तरता दिदै हाल दुई दिनका लागि पठन पाठन स्थगित गर्ने निर्णय गरिएको वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रसाशन महाशाखाका प्रमुख अरविन्दलाल कर्णले बताए ।

त्यसैगरी पर्साकै पोखरिया नगरपालिकामा संचालित रहेका उचँगल माविमा अध्ययनरत ८ जना छात्रा हिजो गर्मीका कारण बेहोस भएपछि नगपालिकाले अध्ययन अध्यापनलाई विहानको सिफ्टमा संचालन गर्न सुचना प्रकाशित गरेको छ । तीन दिन यता तापाक्रम वृद्धी हुँदै ४५ डिग्रीसम्म पुगेको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.