भर्खरै : Sorry, your browser does not support inline SVG.
चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली |

दाङ अपडेटः ३ वटा शवको पोष्टमार्टम

दाङ अपडेटः ३ वटा शवको पोष्टमार्टम

दाङ । बस दुर्घटनामा ज्यान गुमाएका शवको पोष्टमार्टम सुरु भएको छ । लमही अस्पतालमा ल्याईएका १२ वटा शव मध्य अहिले तीन जनाको पोष्टमार्टम भएको छ

पोष्टमार्टम पछि शवलाई आजै आफन्तको जिम्मा लगाउने तयारी भएको प्रहरीले जनाएकाको छ । कतिपय आफन्त शव लिन लमही अस्पताल आईपुगेको प्रहरीले जनाएको छ ।

घरसम्म शव पुर्याउन निःशुल्क एम्बुलेन्स उपलब्ध गराइने भएको छ । बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस गए राति पुलबाट तल राप्ती नदीमा खसेको थियो । पुलबाट बस खस्दा १२ जनाको मृत्युु भएको थियो ।

भने २३जना घाइते छन् । घाइते मध्य ४ जनाको अबस्था गम्भीर छ । प्रहरीका अनुसार १२ मध्य ८ जनाको सनाखत भएको छ । बसमा ३६ जना यात्रु रहेको मल्लको भनाइ छ ।

बस चालक सल्यान त्रिबेणी गाउँपालिका ४ का २८ बर्षिय लालबहादुर नेपालीलाई नियन्त्रणमा लिएको छ ।

 


Thali Mobile Pvt.Ltd.