भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सुडानका १४ क्षेत्रमा भोकमरी हुनसक्ने राष्ट्र सङ्घको चेतावनी

सुडानका १४ क्षेत्रमा भोकमरी हुनसक्ने राष्ट्र सङ्घको चेतावनी

काठमाडौं । संयुक्त राष्ट्र सङ्घले सुडानका १४ क्षेत्रमा भोकमरी हुनसक्ने चेतावनी दिएको छ । ग्रेटर डार्फर, ग्रेटर कोर्डोफान र अल जजिरा राज्यका साथै खार्तुमका केही ठाउँ गरी १४ वटा क्षेत्रमा भोकमरीको जोखिम रहेको संयुक्त राष्ट्रले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।

सुडानका १० राज्यका सात लाख ५५ हजार जना मानिस भोकमरीको विपत्तिजनक अवस्थाको सामना गरिरहेका पनि उल्लेख छ । सुडानका ८५ लाख मानिस अर्थात् १८ प्रतिशत जनसङ्ख्या खाद्य सुरक्षाबाट पीडित रहेका राष्ट्रसङ्घको भनाइ छ ।

सुडानमा सन् २०२३ अप्रिलको मध्यदेखि सुडानी सशस्त्र बल र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सबीच लडाइँ चलिरहेको छ । यो द्वन्द्वका कारण १६ हजार छ सय ५० जनाभन्दा धेरैले ज्यान गुमाइसकेको मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्र सङ्घको कार्यालयले जनाएको छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.