भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता

काठमाडौं, २३ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार साँझ ५ बजेसम्म १ हजार ३६४ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार साँझ सार्वजनिक गरेको विवरणअनुसार रसुवामा १७३, नुवाकोटमा १९७, धादिङमा ७०, चितवनमा ३६३, गोरखामा ७५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२६ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको हो ।

यसरी विभिन्न जिल्लाबाट गरी हालसम्म १ हजार ३६४ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । फेला परेका शवको पहिचानका लागि डीएनए नमुना सङ्कलनलगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार १४० वटा शव व्यवस्थापन गरिएको छ । पहिचान हुन बाँकी शवको सनाखतका लागि प्रक्रिया जारी रहेको छ ।

प्रहरीका अनुसार मृतकका १ हजार २८० र आफन्तका १ हजार ४१२ गरी कुल २ हजार ६९२ वटा डीएनए नमुना सङ्कलन गरिएको छ ।त्यसैगरी, पहिचान हुन नसकेका १ हजार ३१० वटा शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ । बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कार्यका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार हालसम्म ४ हजार ७७ जना बेपत्ता छन् । उनीहरूको खोजी कार्य विभिन्न प्रभावित क्षेत्रमा जारी रहेको छ । यसैगरी, विभिन्न जिल्लामा सञ्चालन गरिएका होल्डिङ सेन्टरमा हाल ३ हजार २४५ जनालाई राखिएको जनाइएको छ । उनीहरूको व्यवस्थापन तथा आवश्यक सहयोगका कामसमेत जारी रहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.