भर्खरै : Sorry, your browser does not support inline SVG.

बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं, २३ भदौ । काठमाडौंको गौरीघाटस्थित जलमापन केन्द्रमा बागमती नदीको जलसतह सतर्कता तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाले बागमती नदीको जलसतह सतर्कता तह पार गरेकाले नदी आसपासका क्षेत्र तथा डुबान भइरहने ठाउँका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार नदीको जलसतह बढिरहेकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकले आवश्यक सावधानी अपनाउनुपर्नेछ । नदी किनार तथा डुबानको जोखिम रहेका स्थानमा अनावश्यक आवतजावत नगर्नसमेत आग्रह गरिएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको महाशाखाले जनाएको छ ।

यसैगरी, भारतको उत्तर प्रदेश आसपास विकसित भएको न्यूनचापीय क्षेत्रको समेत प्रभाव नेपालमा रहेको जनाइएको छ । यी मौसमी प्रणालीका कारण विभिन्न स्थानमा वर्षा तथा नदीको जलसतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.