भर्खरै : Sorry, your browser does not support inline SVG.
नदीमा सिधै फोहोर पानी नफाल्न उद्योगहरूलाई विभागको कडा निर्देशन | जलवायु परिवर्तनसँग जुध्न नेपालको चार प्रस्ताव, ५३ देशको समर्थन | आज र भोलि बाढीपहिरोको जोखिम, यी राजमार्गमा सतर्क रहन आग्रह | भोटेकोशी बाढीपहिरो : सुरुङभित्र ३७ शव फेला, ११औँ दिन चिनियाँ नागरिकको जीवितै उद्धार | काठमाडौँका विभिन्न क्षेत्रमा आठ दिन बिजुली कटौती हुँदै, कुन ठाउँमा कहिले ? | स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार |

भक्तपुरका प्रत्येक कलेजमा अनुसन्धान युनिटका लागि बजेट छुट्याएका छौः प्रमुख प्रजापति

भक्तपुरका प्रत्येक कलेजमा अनुसन्धान युनिटका लागि बजेट छुट्याएका छौः प्रमुख प्रजापति

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राजनीतिक नेतृत्वको दुरदर्शी सोच र चिन्तनले विश्वविद्यालयहरूलाई नयाँ अनुसन्धान गर्ने प्राज्ञिक थलो बनाउन सकिने बताएका छन् । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजको आयोजनामा जेठ २२–२५ गतेसम्म सञ्चालन हुने कार्यशाला गोष्ठीको मंगलबार  उद्घाटन गर्दै उनले विश्वविद्यालयहरुलाई अनुसन्धानको केन्द्रको रुपमा रुपान्तरण गर्नुपर्ने आजको आवश्यकता भएको बताए ।

विश्वविद्यालयहरु राजनीतिक हस्तक्षेपका कारण लथालिङ बनेको दृष्टान्तहरु उल्लेख गर्दै प्रमुख प्रजापतिले राजनीतिक हस्तक्षेपको अन्त्य, शैक्षिक गुणस्तर वृद्धि र व्यवहारिक शिक्षा प्रदान गर्नतर्फ विश्वविद्यालयहरुले जोड दिन पनि आग्रह गरेका छन् । देशको शिक्षा नीति समयसापेक्ष ढंगले परिमार्जित गर्दै लानुपर्ने  उनको भनाइ छ । भक्तपुर नगरबाट सञ्चालित कलेजहरूमा अध्ययन अध्यापनका साथै अनुसन्धान क्षेत्रमा पनि जोड दिन आवश्यक रहेको उनले बताए । प्रमुख प्रजापतिले भक्तपुरका प्रत्येक कलेजमा अनुसन्धान युनिटहरूका लागि आवश्यक बजेट विनियोजन गरेको पनि जानकारी दिए।

कार्यक्रममा ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठ र उपप्राचार्य डा राजेशकुमार श्रेष्ठले ख्वप कलेजको आयोजनामा भएका अनुसन्धानमूलक गतिविधि सञ्चालनले अनुसन्धानको क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

 


Thali Mobile Pvt.Ltd.