भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

भक्तपुरका प्रत्येक कलेजमा अनुसन्धान युनिटका लागि बजेट छुट्याएका छौः प्रमुख प्रजापति

भक्तपुरका प्रत्येक कलेजमा अनुसन्धान युनिटका लागि बजेट छुट्याएका छौः प्रमुख प्रजापति

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राजनीतिक नेतृत्वको दुरदर्शी सोच र चिन्तनले विश्वविद्यालयहरूलाई नयाँ अनुसन्धान गर्ने प्राज्ञिक थलो बनाउन सकिने बताएका छन् । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजको आयोजनामा जेठ २२–२५ गतेसम्म सञ्चालन हुने कार्यशाला गोष्ठीको मंगलबार  उद्घाटन गर्दै उनले विश्वविद्यालयहरुलाई अनुसन्धानको केन्द्रको रुपमा रुपान्तरण गर्नुपर्ने आजको आवश्यकता भएको बताए ।

विश्वविद्यालयहरु राजनीतिक हस्तक्षेपका कारण लथालिङ बनेको दृष्टान्तहरु उल्लेख गर्दै प्रमुख प्रजापतिले राजनीतिक हस्तक्षेपको अन्त्य, शैक्षिक गुणस्तर वृद्धि र व्यवहारिक शिक्षा प्रदान गर्नतर्फ विश्वविद्यालयहरुले जोड दिन पनि आग्रह गरेका छन् । देशको शिक्षा नीति समयसापेक्ष ढंगले परिमार्जित गर्दै लानुपर्ने  उनको भनाइ छ । भक्तपुर नगरबाट सञ्चालित कलेजहरूमा अध्ययन अध्यापनका साथै अनुसन्धान क्षेत्रमा पनि जोड दिन आवश्यक रहेको उनले बताए । प्रमुख प्रजापतिले भक्तपुरका प्रत्येक कलेजमा अनुसन्धान युनिटहरूका लागि आवश्यक बजेट विनियोजन गरेको पनि जानकारी दिए।

कार्यक्रममा ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठ र उपप्राचार्य डा राजेशकुमार श्रेष्ठले ख्वप कलेजको आयोजनामा भएका अनुसन्धानमूलक गतिविधि सञ्चालनले अनुसन्धानको क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

 


Thali Mobile Pvt.Ltd.