भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश | जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि घर फर्किइन् |

सुनकोशीमा खसेको गाडी भेटियो, तीन जना अझै बेपत्ता

सुनकोशीमा खसेको गाडी भेटियो, तीन जना अझै बेपत्ता

काठमाडौं । हिजो सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा खसेको जिप गोताखोरको टोलीले फेला पारेको छ । जिपमा सवार तीन जना अझै बेपत्ता छन् । आज बिहानपख २ बजेतिर गाडि फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्द काफ्लेले बताए ।

उनले भने, ‘गाडि त भेटियो तर मान्छे अझै भेटिएका छैनन् अहिले खोजी कार्य जारी छ ।’ खोटाङको हलेसीबाट भक्तपुरआउँदै गरेको प्रदेश ३–०१–०२३ च ६३६६ नम्बरको इसुजु हाइलेक्स गाडि शनिबार साँझ करिब साढे ५ बजेतिर सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा खसेको थियो ।

सो गाडी सुनकोशी नदीमा खस्दा भक्तपुर सूर्यविनायक नगरपालिकाका ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता भएका छन् । गाडिबाट हामफालेका सुशान्त कक्षपति घाइते अवस्थामा छन् । उनको उपचार खुर्कोटमा भइरहेको छ ।

जिप खसेको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन बेस खुर्कोटबाट गोताखोरसहितको टोली खोजी कार्यमा खटिएको छ । बेपत्ता व्यक्तिहरुको खोजी कार्य जारी रहेको र आफू अहिले घटनास्थलतर्फ लागेको जिल्ला प्रहरी प्रमुख एसपी काफ्लेले कैलाश खबरलाई जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.