भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

सुनसरीको लौकहीमा ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ

सुनसरीको लौकहीमा ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ

काठमाडौँ, १५ असार । सुनसरी जिल्लाको कोशी गाउँपालिका–१, लौकहीबाट सशस्त्र प्रहरीले ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

शनिबार भारतको घर भएका ३५ वर्षीय गणेश शर्मालाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (BOP) लौकहीले गस्तीका क्रममा पक्राउ गरेको हो।

शर्मा बीआर ५० एए ८३६७ नम्बरको मोटरसाइकलमा नेपालतर्फ आउँदै गर्दा शङ्कास्पद गतिविधि देखिएकाले सुरक्षाकर्मीले जाँच गरेका थिए।

जाँचका क्रममा उनको साथमा प्लास्टिकले बेरिएको ६.६ ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिलाई बरामद लागूऔषधसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।

 


Thali Mobile Pvt.Ltd.