भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सूर्यविनायक नगरपालिकाले विभेद नगरेकै कारण नगरका सबै निर्णय सर्वसम्मत हुन्छन्ः मेयर बासुदेव थापा

सूर्यविनायक नगरपालिकाले विभेद नगरेकै कारण नगरका सबै निर्णय सर्वसम्मत हुन्छन्ः मेयर बासुदेव थापा

भक्तपुर । नेपाल रेडक्रस सोसाइटी गुन्डू उप–शाखाका पदाधिकारीको सपथ कार्यक्रम सप्पन्न  भएको छ । आइतबार उप–शाखाका पदाधिकारीहरुलाई सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।

सपथ ग्रहरण कार्यक्रममा सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले विपद्को वेला सार्मथे अनुसार नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरले गरेको काम स्मरण गर्दै राजनीतिक रुपमा जो जनसुकै दलको भएपनि जनताको हितमा काम गर्नुपर्ने बताउँनुभयो ।

उहाँले सूर्यविनायक नगरपालिकाले समाजका सबै एकजुट भएपछि मात्रै विकास हुन्छ भन्ने मान्यता बोकेको हुनाले कसैप्रति कुनै पनि खालको विभेद नभएको तर्क गर्नुभयो ।

नगरपालिकाले सबैलाई समान व्यवहार गरेकैले विवादरहित ढंगबाट बैठकका निर्णयहरु सर्बसम्मत ढंगबाट हुने गरेको जानकारी दिनुभयो । नेपाल रेडक्र सोसाइटी उप–शाखा गुन्डूलाई पूर्ण रुपा सहयोग गर्ने बताउँदै सुनपा र रेडक्रस सहकार्यका साथ अघि बढ्ने बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरका सभापति प्रर्शुराम पाण्डेले आफ्नो थोरै समय समाजसेवा पनि लगाउनु पर्ने बताउँदै सूर्यविनायक नगरपालिकाले खेलेको भूमिकाको खुलेरै प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो सूनपाले नलिनकोक उप–शाखाको भवन निर्माणमा महत्वपूर्ण भूमिका खेलेको छ म नपाको यस्तो कार्यको सधै सम्मान  गर्छु ।

सूनपा र रेडक्रस सोसाइटी बीच साझा कार्यक्रम बनाएर अघि बढ्न उहाँले आह्वान गर्नुभयो । सूर्यविनायक नगरपालिका वडा नं ७ का वडा अध्यक्ष तथा नगर प्रवक्ता रविन्द्र सापकोटाले उपशाखा आफ्नो वडामा भएकाले पनि वडाको विकाससंगै सहकार्यमा अघि बढ्ने बताउनुभयो । सापकोटाले रेडक्रस सोसाइटीलाई जनतासंग जोड्न आह्वान गर्दै मानवीय कार्यमा सदैव अधि बढन र गुण्डू शाखालाई अब्ल बनाउन आह्वान गर्नुभयो ।

नवनियुक्त गुण्डू उपशाखाका सभापति मानक राम थापाले रेडक्रस सोसाइटीले नगरपालिकासंग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

उहाँ उपशाखाको भवन निर्माण नगरपालिकाले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । कार्यक्रममा पुरानो समितिले नयाँ कार्यसमितलाई माइनट हस्तानतरण गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.