भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

सूर्यविनायक नगरपालिकाले विभेद नगरेकै कारण नगरका सबै निर्णय सर्वसम्मत हुन्छन्ः मेयर बासुदेव थापा

सूर्यविनायक नगरपालिकाले विभेद नगरेकै कारण नगरका सबै निर्णय सर्वसम्मत हुन्छन्ः मेयर बासुदेव थापा

भक्तपुर । नेपाल रेडक्रस सोसाइटी गुन्डू उप–शाखाका पदाधिकारीको सपथ कार्यक्रम सप्पन्न  भएको छ । आइतबार उप–शाखाका पदाधिकारीहरुलाई सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।

सपथ ग्रहरण कार्यक्रममा सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले विपद्को वेला सार्मथे अनुसार नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरले गरेको काम स्मरण गर्दै राजनीतिक रुपमा जो जनसुकै दलको भएपनि जनताको हितमा काम गर्नुपर्ने बताउँनुभयो ।

उहाँले सूर्यविनायक नगरपालिकाले समाजका सबै एकजुट भएपछि मात्रै विकास हुन्छ भन्ने मान्यता बोकेको हुनाले कसैप्रति कुनै पनि खालको विभेद नभएको तर्क गर्नुभयो ।

नगरपालिकाले सबैलाई समान व्यवहार गरेकैले विवादरहित ढंगबाट बैठकका निर्णयहरु सर्बसम्मत ढंगबाट हुने गरेको जानकारी दिनुभयो । नेपाल रेडक्र सोसाइटी उप–शाखा गुन्डूलाई पूर्ण रुपा सहयोग गर्ने बताउँदै सुनपा र रेडक्रस सहकार्यका साथ अघि बढ्ने बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरका सभापति प्रर्शुराम पाण्डेले आफ्नो थोरै समय समाजसेवा पनि लगाउनु पर्ने बताउँदै सूर्यविनायक नगरपालिकाले खेलेको भूमिकाको खुलेरै प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो सूनपाले नलिनकोक उप–शाखाको भवन निर्माणमा महत्वपूर्ण भूमिका खेलेको छ म नपाको यस्तो कार्यको सधै सम्मान  गर्छु ।

सूनपा र रेडक्रस सोसाइटी बीच साझा कार्यक्रम बनाएर अघि बढ्न उहाँले आह्वान गर्नुभयो । सूर्यविनायक नगरपालिका वडा नं ७ का वडा अध्यक्ष तथा नगर प्रवक्ता रविन्द्र सापकोटाले उपशाखा आफ्नो वडामा भएकाले पनि वडाको विकाससंगै सहकार्यमा अघि बढ्ने बताउनुभयो । सापकोटाले रेडक्रस सोसाइटीलाई जनतासंग जोड्न आह्वान गर्दै मानवीय कार्यमा सदैव अधि बढन र गुण्डू शाखालाई अब्ल बनाउन आह्वान गर्नुभयो ।

नवनियुक्त गुण्डू उपशाखाका सभापति मानक राम थापाले रेडक्रस सोसाइटीले नगरपालिकासंग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

उहाँ उपशाखाको भवन निर्माण नगरपालिकाले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । कार्यक्रममा पुरानो समितिले नयाँ कार्यसमितलाई माइनट हस्तानतरण गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.