भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सुशासनको प्रत्याभूति दिनेगरी सर्वोच्च अदालतले काम गरिरहेको छः प्रधानन्यायधीश श्रेष्ठ

सुशासनको प्रत्याभूति दिनेगरी सर्वोच्च अदालतले काम गरिरहेको छः प्रधानन्यायधीश श्रेष्ठ

भक्तपुर । सर्वोच्च अदालतका प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्याय प्रणाली स्वच्छ, निश्पक्ष, निर्भिक र पारदर्शि ढंगले दिने अठोटकासाथ लागेको बताएका छन् । आज भक्तपुर जिल्ला अदालतको नवनिर्मित भवन उद्घाटन गर्दै श्रेष्ठले जनतालाई सुशासनको प्रत्याभूत हुने गरी न्याय सम्पादन भइरहेको जिकिर गरे ।

चाँडै न्याय सम्पादन गर्ने र दुई वर्ष नाघेका मुद्दाहरू शून्यमा झार्ने उद्देश्यका साथ अदालतहरू अघि बढिरहेको धारणा राखे । भक्तपुर जिल्ला अदालतको नयाँ भवन उद्द्दाटन गरेसंगै यसबाट प्रवाह हुने सेवा र कार्यसम्पादन गुणस्तरीय हुनेमा विश्वस्त रहेको जिकिर गरे । कार्यक्रममा बोल्दै सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्द मोहन भट्टराईले पुरानो मुद्दाको चाप घटाइरहेको बताए । सर्वोच्च अदालतले अहिले मेहनतकासाथ ३० हजार हाराहारीका मुद्दा २६ हजारमा झारेको धारणा राखे ।

यस्तै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सवैको प्रयासमा भक्तपुर जिल्ला अदालतको विशाल भवन निर्माण सम्पन्न भएको बताए । यसको संरक्षण र न्याय सम्पादनमा निष्पक्ष न्याय दिनेमा आशावादी रहेको धारणा राखे । कात्तिक १२ गतेदेखि जिल्ला अदालत भक्तपुरले नयाँ भवनबाट सेवा सुरु गरेको भक्तपुर जिल्ला अदालतका श्रेष्तेदार ऋतबहादुर पुलामी मगरले बताए ।

अदालतमा रहेका अभिलेख, फर्निचर लगायतका सम्पूर्ण सामानहरु नयाँ भवनमा सारिएको भन्दै भक्तपुर जिल्ला अदालतको भवन निर्माणका लागि १ अर्ब ३९ करोडको टेण्डर आव्हान गरिएकामा अन्य सबै आवेदक अस्वीकृत भई केसी, शर्मा एण्ड समानान्तर जेभीले १ अर्ब ३५ करोड रुपैयाँमा टेण्डर पाएको थियो । २०७६ सालदेखि निर्माण सुरु गरी २०८० असोज १८ गते ठेकेदार कम्पनीले अदालत प्रशासनलाई भवन हस्तान्तरण गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.