भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

सिरियाको विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएस) द्वारा देश स्वतन्त्र भएको घोषणा

सिरियाको विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएस) द्वारा देश स्वतन्त्र भएको घोषणा

एजेन्सी । देश स्वतन्त्र भएको विद्रोहीले घोषणा गरेका छन् । सिरियाको विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएस)ले देश स्वतन्त्र भएको घोषणा गरेको हो ।

एचटीएसले आधा शताब्दी लामो असद शासनको अन्त्य भएको उल्लेख गर्दै अब विस्थापित वा कैदमा परेका मानिसहरू घर फर्कने बताएको छ । सिरियामा अँध्यारो युगको अन्त्य भई नयाँ युगको शुरुवात भएको एचटीएसको दाबी छ ।

लडाकुहरु राजधानी दमास्कसमा प्रवेश गरेसँगै राष्ट्रपति बसर अल–असद राजधानी छाडेर भाग्नुभएको दाबी गर्दै एचटीएसले देश स्वतन्त्र भएको घोषणा गरेको बीबीसीले जनाएको छ ।

सिरियाको राजधानी दमास्कसमा गोली चलेको आवाज सुनिएको खबरमा उल्लेख छ । इस्लामिक विद्रोही समूहले आक्रमण शुरु गरेको दुई हप्ता पनि नपुग्दै अलेप्पो, हामा, होम्सलगायतका ठूला सहर कब्जा गर्दै राजधानीमा प्रवेश गरेको हो ।

सिरियालाई लामो समयदेखि रुस, लेवनानलगायत देशले सहयोग गर्दै आएका थिए । समाचारसंस्था रोयटर्सले राष्ट्रपति असदले राजधानी छाडेको उल्लेख गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.