भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

सिरियाको विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएस) द्वारा देश स्वतन्त्र भएको घोषणा

सिरियाको विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएस) द्वारा देश स्वतन्त्र भएको घोषणा

एजेन्सी । देश स्वतन्त्र भएको विद्रोहीले घोषणा गरेका छन् । सिरियाको विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएस)ले देश स्वतन्त्र भएको घोषणा गरेको हो ।

एचटीएसले आधा शताब्दी लामो असद शासनको अन्त्य भएको उल्लेख गर्दै अब विस्थापित वा कैदमा परेका मानिसहरू घर फर्कने बताएको छ । सिरियामा अँध्यारो युगको अन्त्य भई नयाँ युगको शुरुवात भएको एचटीएसको दाबी छ ।

लडाकुहरु राजधानी दमास्कसमा प्रवेश गरेसँगै राष्ट्रपति बसर अल–असद राजधानी छाडेर भाग्नुभएको दाबी गर्दै एचटीएसले देश स्वतन्त्र भएको घोषणा गरेको बीबीसीले जनाएको छ ।

सिरियाको राजधानी दमास्कसमा गोली चलेको आवाज सुनिएको खबरमा उल्लेख छ । इस्लामिक विद्रोही समूहले आक्रमण शुरु गरेको दुई हप्ता पनि नपुग्दै अलेप्पो, हामा, होम्सलगायतका ठूला सहर कब्जा गर्दै राजधानीमा प्रवेश गरेको हो ।

सिरियालाई लामो समयदेखि रुस, लेवनानलगायत देशले सहयोग गर्दै आएका थिए । समाचारसंस्था रोयटर्सले राष्ट्रपति असदले राजधानी छाडेको उल्लेख गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.