भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

भक्तपुरमा हिजै घरघरमा फूलपाती भित्र्याइयो, नवमीका दिन तलेजुमा ५४ बोका, ३२ राँगोकाे बली दिने

भक्तपुरमा हिजै घरघरमा फूलपाती भित्र्याइयो, नवमीका दिन तलेजुमा ५४ बोका, ३२ राँगोकाे बली दिने

भक्तपुर । दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । तर भक्तपुरमा हिजै फुलपाती भित्राइएको छ । फूलपातीदेखि विजयादशमीसम्मको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निकालेको साइत एवं तालिका अस्वीकार गर्दै भक्तपुरमा फूलपाती भित्र्याइएको हो ।

तलेजुका पुजारीहरूले एक विज्ञप्ती जारी गर्दै असोज २३ गते फूलपाती मनाउने निर्णय गरेका थिए । साेही अनुसार तलेजुका मूल नाइकेले उक्त निर्णय सार्वजनिक गरेपछि भक्तपुरका नेवाः समदायले हिजै फूलपाती भित्र्याएका हुन् । नगर क्षेत्रमा २३ गते फूलपाती, २४ गते महाअष्टमी र २५ गते महानवमी मनाउन आह्वान गर्दै भक्तपुर नगरपालिकाले सार्वजनिक बिदा समेत दिएको छ ।

नयाँ तालिकाअनुसार भक्तपुरमा यसवर्षको दसैँको फूलपाती २३ गते बिहान ७:३४ को शुभसाइतमा गरी दिनभर फूलपाती भित्रयाएपछि घरघरमा मासु भित्र्याएर साँझ भोज खाएका थिए । यहाँका नेवाः सामुदायले आश्विन २६ गते शनिबार विजयादशमी पूजा गरी टीका ग्रहण गर्ने निर्णय गरेको छ । तलेजुका तान्त्रिक ज्योतिषहरुको अध्ययनबाट प्राप्त विषयलाई आधार मानेर फूलपाती मनाउन आह्वान गरेको नगरप्रमुख प्रजापतिले बताए ।

नेवारी परम्पराअनुसार असोज २३ गते फूलपाती भित्र्याएर कुछी भोज सुरु गरेको समाजसेवीकाे भनाइ छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने विसं २०८१ को दसैँ असोज २४ गते फूलपाती भित्र्याउने शुभसाइत बिहान ७:११ बजे, असोज २५ गते एकैदिन महाअष्टमी, कालरात्रि र महानवमी तथा असोज २६ गते बिहान ८:३३ बजे देवी विसर्जन र टीका लगाउने उत्तम साइत ११:३६ बजे रहेको तालिका सार्वजनिक गरेको छ ।

भक्तपुरको प्रसिद्ध तलेजु भवानीको मन्दिरमा फूलपातीको दिनबाट विधिवत् रूपमा बडा दसैं सुरु भएको छ । रातो र सेतो कपडाको विशेष प्रकारको पोसाक, पछ्यौरा र पगरीलगायत तलेजुका पूजारी, नाइकलेलगायतले धार्मिक विधिअनुसार विशेष पूजा गरी तलेजुलाई दसैँ घर लैजाँदा परम्परागत विशेष बाजा बजाइएको थियो । फूलपाती, अष्टमी र नवमीमा गरी तलेजुमा ५४ बोका, ३२ राँगो र ३२ हाँसको बली दिने परम्परा छ ।

 


Thali Mobile Pvt.Ltd.