भर्खरै : Sorry, your browser does not support inline SVG.

भक्तपुरमा हिजै घरघरमा फूलपाती भित्र्याइयो, नवमीका दिन तलेजुमा ५४ बोका, ३२ राँगोकाे बली दिने

भक्तपुरमा हिजै घरघरमा फूलपाती भित्र्याइयो, नवमीका दिन तलेजुमा ५४ बोका, ३२ राँगोकाे बली दिने

भक्तपुर । दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । तर भक्तपुरमा हिजै फुलपाती भित्राइएको छ । फूलपातीदेखि विजयादशमीसम्मको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निकालेको साइत एवं तालिका अस्वीकार गर्दै भक्तपुरमा फूलपाती भित्र्याइएको हो ।

तलेजुका पुजारीहरूले एक विज्ञप्ती जारी गर्दै असोज २३ गते फूलपाती मनाउने निर्णय गरेका थिए । साेही अनुसार तलेजुका मूल नाइकेले उक्त निर्णय सार्वजनिक गरेपछि भक्तपुरका नेवाः समदायले हिजै फूलपाती भित्र्याएका हुन् । नगर क्षेत्रमा २३ गते फूलपाती, २४ गते महाअष्टमी र २५ गते महानवमी मनाउन आह्वान गर्दै भक्तपुर नगरपालिकाले सार्वजनिक बिदा समेत दिएको छ ।

नयाँ तालिकाअनुसार भक्तपुरमा यसवर्षको दसैँको फूलपाती २३ गते बिहान ७:३४ को शुभसाइतमा गरी दिनभर फूलपाती भित्रयाएपछि घरघरमा मासु भित्र्याएर साँझ भोज खाएका थिए । यहाँका नेवाः सामुदायले आश्विन २६ गते शनिबार विजयादशमी पूजा गरी टीका ग्रहण गर्ने निर्णय गरेको छ । तलेजुका तान्त्रिक ज्योतिषहरुको अध्ययनबाट प्राप्त विषयलाई आधार मानेर फूलपाती मनाउन आह्वान गरेको नगरप्रमुख प्रजापतिले बताए ।

नेवारी परम्पराअनुसार असोज २३ गते फूलपाती भित्र्याएर कुछी भोज सुरु गरेको समाजसेवीकाे भनाइ छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने विसं २०८१ को दसैँ असोज २४ गते फूलपाती भित्र्याउने शुभसाइत बिहान ७:११ बजे, असोज २५ गते एकैदिन महाअष्टमी, कालरात्रि र महानवमी तथा असोज २६ गते बिहान ८:३३ बजे देवी विसर्जन र टीका लगाउने उत्तम साइत ११:३६ बजे रहेको तालिका सार्वजनिक गरेको छ ।

भक्तपुरको प्रसिद्ध तलेजु भवानीको मन्दिरमा फूलपातीको दिनबाट विधिवत् रूपमा बडा दसैं सुरु भएको छ । रातो र सेतो कपडाको विशेष प्रकारको पोसाक, पछ्यौरा र पगरीलगायत तलेजुका पूजारी, नाइकलेलगायतले धार्मिक विधिअनुसार विशेष पूजा गरी तलेजुलाई दसैँ घर लैजाँदा परम्परागत विशेष बाजा बजाइएको थियो । फूलपाती, अष्टमी र नवमीमा गरी तलेजुमा ५४ बोका, ३२ राँगो र ३२ हाँसको बली दिने परम्परा छ ।

 


Thali Mobile Pvt.Ltd.