भर्खरै : Sorry, your browser does not support inline SVG.
पोखरा महानगरका अधिकृत विरुद्ध घुस प्रकरणमा विशेष अदालतमा मुद्दा | कक्षा १२ को परीक्षा यथासमयमै, बोर्डको निर्णयः आन्दोलनबीच परीक्षा रोकिँदैन | सुपारी आयातमा ह्वात्त वृद्धि, निर्यात शून्य जस्तै, आयात ५८ करोड, निर्यात जम्मा १८ हजार रुपैयाँ बराबर | युक्रेनी समकक्षीसँग द्विपक्षीय वार्ता गर्न तयार रहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सङ्केत | ३ जना बालबालिका धनुषामा मृत भेटिए | रत्नचूड पर्वतको पवित्र काखमा १०८ फिटको महादेव मूर्ति निर्माणः शिव पुराण ज्ञान महायज्ञको भव्य आयोजना | लामो समय विद्यालय बन्द हुँदा विद्यार्थी कुलतमा | कर्णालीको तेस्रो त्रैमासिक समीक्षा : विकास बजेटको २०% मात्र खर्च |

अमेरिका र रुसबीच साउदी अरबको रियादमा वार्ता सम्पन्न

अमेरिका र रुसबीच साउदी अरबको रियादमा वार्ता सम्पन्न image

एजेन्सी । रुसले युक्रेनमाथिको आक्रमण थप तीव्र पारेको छ। युद्ध रोक्ने विषयमा साउदी अरेबियामा वार्ता जारी रहँदा रुसले उत्त–रपूर्वी युक्रेनका विभिन्न ठाउँलाई निशाना बनाएर आक्रमण गरेको हो ।

अमेरिका र रुसबीच साउदी अरबको रियादमा वार्ता सम्पन्न भएको छ, जसमा सन् २०२२ को अनाजसम्बन्धी सम्झौता कार्यान्वयनमा जोड दिइएको थियो । यो सम्झौतामा युक्रेनलाई ब्ल्याक सीबाट आफ्नो अनाज निर्यातको अनुमति दिइएको थियो।

यसको बदलामा रुसले अमेरिकासहित पश्चिमा देशहरुबाट लगाइएका प्रतिबन्ध फुकुवा चाहन्छ । रुस र अमेरिकाबीच रियादमा १२ घण्टासम्म वार्ता चलिरहँदा युक्रेनमा भने आक्रमण भइरहेको अधिकारीहरुले जनाएका छन्।

सुमी शहरमा भएका आक्रमणमा दर्जनौँ मानिस घाइते भएका थिए । त्यसपछि पनि रुसले आक्रमणलाई निरन्तरता दिइरहेको युक्रेनी अधिकारीहरूले जनाएका छन्। युक्रेनका विदेशमन्त्री आन्द्रैई सिबिहाले रुसले आक्रमण जारी राखेको भन्दै खोक्रो शान्तिवार्ताको आरोप लगाएका छन् ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.