भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

अमेरिका र रुसबीच साउदी अरबको रियादमा वार्ता सम्पन्न

अमेरिका र रुसबीच साउदी अरबको रियादमा वार्ता सम्पन्न

एजेन्सी । रुसले युक्रेनमाथिको आक्रमण थप तीव्र पारेको छ। युद्ध रोक्ने विषयमा साउदी अरेबियामा वार्ता जारी रहँदा रुसले उत्त–रपूर्वी युक्रेनका विभिन्न ठाउँलाई निशाना बनाएर आक्रमण गरेको हो ।

अमेरिका र रुसबीच साउदी अरबको रियादमा वार्ता सम्पन्न भएको छ, जसमा सन् २०२२ को अनाजसम्बन्धी सम्झौता कार्यान्वयनमा जोड दिइएको थियो । यो सम्झौतामा युक्रेनलाई ब्ल्याक सीबाट आफ्नो अनाज निर्यातको अनुमति दिइएको थियो।

यसको बदलामा रुसले अमेरिकासहित पश्चिमा देशहरुबाट लगाइएका प्रतिबन्ध फुकुवा चाहन्छ । रुस र अमेरिकाबीच रियादमा १२ घण्टासम्म वार्ता चलिरहँदा युक्रेनमा भने आक्रमण भइरहेको अधिकारीहरुले जनाएका छन्।

सुमी शहरमा भएका आक्रमणमा दर्जनौँ मानिस घाइते भएका थिए । त्यसपछि पनि रुसले आक्रमणलाई निरन्तरता दिइरहेको युक्रेनी अधिकारीहरूले जनाएका छन्। युक्रेनका विदेशमन्त्री आन्द्रैई सिबिहाले रुसले आक्रमण जारी राखेको भन्दै खोक्रो शान्तिवार्ताको आरोप लगाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.