भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

बीस हजार अमेरिकी डलरसहित युवक पक्राउ

बीस हजार अमेरिकी डलरसहित युवक पक्राउ

रसुवा । लुकाइ छिपाइ बाहिरी मुलुक तर्फ लैजान लागेको बीस हजार अमेरिकी डलरसहित एक नेपाली नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा आमाछोदिङ्मो गाँउपालिका ५ पाजुङका २२ बर्षिया नुर्पु तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

रसुवागढी नाका हुँदै चीनको केरुङतर्फ लैजान लागेको उक्त रकमसहित तामाङलाई गोसाईकुण्ड गाँउपालिका २ स्थित टिमुरेबाट रसुवागढीतर्फ गईरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकि रसुवागढी, सशस्त्र प्रहरी बल टिमुरे र रसुवा भन्सार कार्यालयको संयुक्त्त टोलिले चेक जाँचका क्रममा अमेरिकी डलर एक सयका नोट दुई सय थान गरी बीस हजार अमेरिकी डलरसहित पक्राउ गरेको रसुवा प्रहरी नायव उपरीक्षक केशव भट्टराईले बताए ।

तामाङलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान बिभाग हरिहर भवन ललितपुर पठाईएको छ।

 


Thali Mobile Pvt.Ltd.