भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

तासको खालबाट पाँच जना पक्राउ

तासको खालबाट पाँच जना पक्राउ

नवलपुर । कावासोतीबाट तास खेलिरहेका पाँचजना पक्राउ परेका छन् ।

कावासोती २ हिमाल चोकनिवासी ४० वर्षीय उज्ज्वल मल्लको घरबाट मल्लसहित पाँचजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक जेशी शाहले बताए । उनीहरूको साथबाट एक लाख चार हजार ५९५ रुपैयाँ नगद र चार बुक तास बरामद गरेको छ ।

४० वर्षीय गोविन्द न्यौपाने, ४२ वर्षीय खिम लामिछाने मगर, ४५ वर्षीय रामजी पाण्डे र कावासोती ३ निवासी २९ वर्षीय देवराज बस्याल पक्राउ परेका हुन् । पक्राउ परेकालाई म्याद थप गरिने प्रहरीले जनाएको छ।