भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

तटबन्धले जोगायो घर खेत

तटबन्धले जोगायो घर खेत

दाङ, ११ असार । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ को हरीपौरी निवासी मञ्जु आचार्यलाई ग्वारखोला गाउँमा पस्छ, की भन्ने पिरलो थियो । ग्वारखोलाले जमिन काटेर गाउँमै पस्लाजस्तै गरेको थियो ।

यही पीर सोही ठाउँका रूपसिंह चौधरीलाई पनि थियो । गाउँमा बाढी पस्ने चिन्ता मात्रै होइन रोपेको धान समेत बर्सेनि बगाउँदा उनी निकै चिन्तित भए । “गाउँमा बाढी पस्ने डर उत्तिकै थियो”, उनले भने, “बर्सेनि आउने बाढीले हामीले रोपेको खेतको धान बगाएर लिन्थ्यो ।”

यस्तै समस्याले गर्दा सोही वडाको हरीपौरी मात्रै होइन, जसपुर, गर्गरे, बेलान्नेलगायतका बासिन्दालाई बर्सेनि पिरोल्थ्यो । तर, अब त्यो समस्या रहेन । ग्वारखोलामा यस वर्ष तटबन्ध निर्माण भइसकेको छ । त्यो तटबन्धले गाउँ पनि सुरक्षित त हुने नै भयो जग्गा पनि सुरक्षित गरेको छ ।

तटबन्ध निर्माण भएपछि त्यहाँका १०० घर सुरक्षित भएका छन् । विगतमा यो रोगजस्तै भए पनि तटबन्ध निर्माण भएपछि अब सहज भएको तुलसीपुर–१२ का वडाध्यक्ष खुसीराम चौधरीले बताए ।

त्यहाँको ६०० मिटर तटबन्ध निर्माण भएको हो । गएको वर्ष वडा नं १२ मै ३०० मिटर तटबन्ध भएको हो । सिँचाइ डिभिजन कार्यालय दाङको लागतमा तटबन्ध निर्माण भएको हो । सोही वडामा अझै ७०० मिटर तटबन्ध भएको छ ।

बबईको तटबन्धले पनि सहज
तुलसीपुर उपमहानगरपालिका–१२ कचिलाअन्तर्गत पर्ने बबई नदीमा पनि तटबन्ध निर्माण भएको छ । त्यसले पनि गाउँ नै जोगाउने अपेक्षा लिइएको छ । कचिला निवासी डिल्लीबहादुर थारुका अनुसार विगतमा बाढी बसेर गाउँ नै पुग्थ्यो । तर, अब भने त्यो डर हराएको उनले बताए । “सधैँ गाउँमा बाढी पस्थ्यो, घरै बगाउने डर हुन्थ्यो”, उनले भने, “तर, अब त्यो समस्या हटेर गएको छ ।”

त्यहाँ करिब ३०० घरलाई असर पुर्‍याउथ्यो । कचिला शीतलपुरलगायत बस्तीमा त्यहाँको बाढीले असर गर्ने गरेको थियो । करिब रु तीन करोड लागतमा त्यहाँ तटबन्ध निर्माण भएपछि सहज भएको उहाँको भनाइ छ । सिँचाइ डिभिजन कार्यालयले २०० मिटर तटबन्ध गरेको हो । रासस

 


Thali Mobile Pvt.Ltd.