भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

थाइल्यान्ड–कम्बोडिया सीमा झडपमा मृत्यु हुनेको संख्या ३२ पुग्यो, द्वन्द्व चर्किदै

थाइल्यान्ड–कम्बोडिया सीमा झडपमा मृत्यु हुनेको संख्या ३२ पुग्यो, द्वन्द्व चर्किदै

एजेन्सी, १० साउन । थाइल्यान्ड र कम्बोडियाबीच दोहोरिएको सीमा विवादमा अहिलेसम्म दुवै पक्षका गरी ३२ जनाको मृत्यु भएको छ भने एक सय ३० भन्दा बढी घाइते भएका छन्।

कम्बोडियाको ओडर मेन्चे प्रान्तमा बिहीबार थाइल्यान्डको तोप आक्रमणले पारेको क्षतिसँगै बौद्ध गुम्बाबाट एक जनाको शव निकाल्दै गरेको कम्बोडियन सैनिकहरूको तस्वीर सार्वजनिक भएको छ। कम्बोडियन सेनाले सात जना सर्वसाधारण र पाँच जना सैनिक गरी थप १२ जनाको मृत्यु पुष्टि गरेको छ।

कम्बोडियाको राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ता माली सोचेताका अनुसार अहिलेसम्म कम्बोडियाबाट ५० भन्दा बढी सर्वसाधारण र २० भन्दा बढी सैनिक घाइते भएका छन्। थाइल्यान्डले पछिल्लो दुई दिनमा १३ जना सर्वसाधारण (बालबालिकासहित) र ६ जना सैनिकको मृत्यु भएको जनाएको छ। यसैगरी, थाइल्यान्डमा कम्तीमा २९ जना सैनिक र ३० जना सर्वसाधारण घाइते भएका छन्।

सीमा क्षेत्रबाट करिब १ लाख ३८ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने तीन सय भन्दा बढी आपतकालीन राहत केन्द्रहरू स्थापना गरिएको छ। थाइल्यान्ड सरकारले कम्बोडियासँग जोडिएका आठ जिल्लामा सैनिक कानून ‘मार्शल ल’ घोषणा गरेको छ।

यो दशकौं पुरानो विवाद फेरि चर्किएको हो। यसअघि सीमा क्षेत्रमा भएको ल्यान्डमाइन विस्फोटमा पाँच जना थाई सैनिक घाइते भएका थिए। अल जजिराको अनुसार, दुवै देशबीच ठूलो युद्धको खतरा बढिरहेको छ।

 


Thali Mobile Pvt.Ltd.