भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

३७ वर्षीय पाएटोङ्गटार्न बनिन् थाइल्यान्डको सबैभन्दा कम उमेरकी प्रधानमन्त्री

३७ वर्षीय पाएटोङ्गटार्न बनिन् थाइल्यान्डको सबैभन्दा कम उमेरकी प्रधानमन्त्री

काठमाडौं । पाएटोङ्गटार्न सिनावत्रा थाइल्यान्डको सबैभन्दा कम उमेरकी प्रधानमन्त्री बनेकी छन् । थाइल्यान्डको संसद्ले ३७ वर्षीय सिनावत्रालाई प्रधानमन्त्री पदका लागि चयन गरेको बीबीसीले जनाएको छ । उनी थाइल्यान्डको दोस्रो महिला प्रधानमन्त्री हुन् । अन्ट यिङ्गलक थाइल्यान्डको प्रधानमन्त्री बन्ने पहिलो महिला हुन् ।

पूर्वप्रधानमन्त्री सेटा टवीसिनलाई संवैधानिक अदालतले बर्खास्त गरेको भोलिपल्ट सिनावत्रा प्रधानमन्त्री बनेकी हुन् । उनी थाइल्यान्डका पूर्वनेता तथा अर्बपति थाक्सिन सिनावत्राकी छोरी हुन् । पाएटोङ्गटार्न सिनावत्रा र पूर्वप्रधानमन्त्री सेटा टवीसिन दुवै जना फउ थाई पार्टीका हुन् ।

सिनावत्राको नियुक्तिले थाइल्यान्डको शीर्ष नेतृत्वमा नयाँ ऊर्जा ल्याएको बीबीसीको खबरमा उल्लेख छ । सिनावत्रा परिवारका चार जना सदस्य पहिले नै थाइल्यान्डको प्रधानमन्त्री भइसकेका छन् । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.